काठमाडौँ,२३ वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसहित ६ जनालाई रिहा गरिएको छ ।
सिन्डिकेटको पक्षमा आन्दोलनमा उत्रिएपछि पक्राउ परेका अध्यक्ष कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, प्रदेश नं ३ का संयोजक धर्मराज धिमाललगायत ६ जना आइतबार रिहा गरिएको हो । उनीहरुलाई सरकारी टोलीसग वार्तामा बस्ने सर्तमा छाडिएको स्रोतले जनाएको छ ।
सरकारले सिन्डिकेटविरुद्ध लिएको निर्णयपछि उब्जिएको समस्या समाधानका लागि अहिले मन्त्रीसहित यातायात व्यवसायीहरु वार्तामा बस्ने तयारीमा छन् ।
सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापाले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएपछि उनीहरु पक्राउका थिए।
प्रतिक्रिया दिनुहोस्