गुल्मी, २२ बैशाख। गुल्मीमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । मुसिकोट नगरपालिका ३ निवासी ६० बर्षिय बोम बहादुर वि.क. मृत अवस्थामा भेटिएका हुन् । शव मुसिकोट नगरपालिका ७ सुदीघाट नजिकै खोल्सामा भेटिएको वामी प्रहरी चौकिका प्रमुख नारायण केसिले बताए ।
बिक गत बैशाख १६ गते घरबाट बैंक खाता खोल्न भनी वामीटक्सारको लागि हिडेका थिए । तर उनी नआएपछि परिवार लगायत स्थानीयले खोजी गरेका थिए ।
आफन्तजन खोजीको क्रममा सुदीघाट नजिकै खोल्सामा पुग्दा केही दुर्गन्ध आएको थाहा पाएपछि शंका लागेर हेर्दा उनको शव भएको भेटिएको आफ्न्तले जानकारी दिएका छन् । ।
प्रतिक्रिया दिनुहोस्