ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि, उर्जा र जीवीकोपार्जनमा परिवर्तन ल्याउने गरी पानीको बृहत परियोजनामा ध्यान दिनेछौं : पुन


admin
बैशाख २१, २०७५ शुक्रबार   ७ : १६   बजे

काठमाडौं, २१ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि, उर्जा र जीविकोपार्जनमा परिवर्तन ल्याउने गरी पानीको बृहत र विशेष परियोजनामा ध्यान दिने बताउनुभएको छ ।

‘हाम्रो सरकारले कृषि, उर्जा र जीवीकोपार्जनमा परिवर्तन ल्याउने गरी पानीको बृहत परियोजनामा ध्यान दिनेछ’ मन्त्री पुनले भन्नुभयो, ‘हाम्रो मन्त्रालयले यस्ता परियोजनाको विकाशमा विषेश ध्यान दिनेछ, जसले आर्थिक विकाश र समृद्ध नेपाल बनाउन मद्धत गर्छ ।’

अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को आठौं एसियाली क्षेत्रीय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालामा अहिले संक्रमणकालिन अवस्थामा परिवर्तन आएको बताउँदै नयाँँ सरकार आर्थिक बृद्धितर्फ लागेको स्पष्ट गर्नुभो ।

मन्त्री पुनले नेपाली संविधानमा कृषिलाई विषेश स्थान दिइएको बताउँदै कृषिलाई व्यवसायिक बनाउन र कृषिजन्य उत्पादनको बृद्धि गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले यसको लागि संविधानले राज्यको स्थानीय, संघ र प्रदेशमा सिंचाई र कृषिलाई विषेश कर्तव्य र अधिकार दिइएको र यसको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पुनले जलबायु परिवर्तनको सवालमा बोल्दै खाना, पानी, जमिन र उर्जा सबै क्षेत्रमा यसको सन्तुलनको आवश्यकता भएको बताउनुभयो ।

मन्त्री पुनले नेपाल जस्तो विकाशशील मुलुकमा कृषिले ठूलो हिस्सा ओगटेका तर उच्च प्रविधि, अत्यावश्यक प्रविधि, पानीको प्रयोगमा प्रविधिको कमी जस्ता समस्या नेपाली कृषकले भोगिरहेको उल्लेख गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group