ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रदर्शन भयो, वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’


admin

काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ को प्रिमियर सो भएको छ । बुधबार (२०७५ वैशाख १९ गते) राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको हो ।  वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो ।
यो चलचित्र वाम्बुले राईहरुको महान् चाड ‘ढ्वाङकुम’ र मुन्धुमको सेरोफेरोलाई लिएर निर्माण गरिएको हो । ‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो,’ चलचित्रका निर्देशक शन्तकुमार राईले भन्नुभयो, ‘ढ्वाङ्कुम वाम्बुले राई यूवाहरुले वाम्बुले पहिचान भाषा र संस्कृतिको प्रवद्र्धन र जगेर्नाको लागि बनाएको चलचित्र हो ।’ मूलथलो गाउँघर छाडेर उच्च अध्ययनका क्रममा सहर पसेका युवाले आफ्नो मातृभाषा, संस्कृति र रीतिरिवाजप्रति देखाएको चासोलाई लिएर चलचित्रको कथावस्तु उनिएको छ । ती युवा आफ्नोपनको जगेर्ना गर्न जुटेका युवालाई सबैको साथ सहयोग लिन सफल हुन्छन् ।
चलचित्रको मुख्य नायक रोशनको भूमिकामा निर्देशक शन्तकुमार स्वयं छन् भने नायिका रिम्साको भूमिकामा चाँदनी राईले निभाएी छिन् । त्यस्तै, द्वन्द्व नायक सुरिमको भूमिका रेन्जाप्रसाद राईको रहेको छ । चलचित्रका निर्माता बिआएएस रहेका छन् भने सहनिर्मातामा लीलाराज राई छन् ।
‘यो ढ्वाङ्कुम चलचित्रलाई अन्य मुलधारको चलचित्रसंग दाजेर हेर्न हुन्न,’ कथालेखक तथा निर्माता सदस्य विकास राई भन्नुहुन्छ, ‘यसलाई विशुद्ध वाम्बुले संस्कारभित्र रहेर हेरिदिनु भएमा धेरै कुरा पाउन सकिने छ ।’ वाम्बुले राईहरुको उद्गम थलो ओखलढुंगाको उँबु गाउँ सेरोफेरो तथा जनजीवनलाई लिएर निर्माण गरिएको चलचित्र लगभग एक घण्टाको रहेको छ ।
चलचित्र हेरिसकेपछि राष्ट्रगानका रचयिता व्याकुल माइलाले वाम्बुले मातृभाषाको आयु बढाएको टिप्पणी गर्नुभयो । ‘तीन दशकदेखि लेख्य रुपमा अघि बढेको वाम्बुले भाषामा चलचित्र निर्माण हुनु ज्यादै सराहनीय पक्ष हो,’ माइलाले भन्नुभयो, ‘यो काममा युवा पुस्ताले गर्नु भएकोले हाम्रो भाषा, मुन्धुम, संस्कृति, परम्परा अझ सशक्त ढंगले अघि बढ्ने विश्वास लिएको छु ।’
वाम्बुले भाषाका कोशकार अविनाथ राईले ‘ढ्वाङकुम’ चलचित्र आफ्नो जीवनकहानी जस्तै लागेको बताउनु भयो । त्यसैगरी वाम्बुले राई समाजका महासचिव जीवन हाताचोले मातृभाषाको संरक्षण अभियानमा नयाँ आयाम थपिएको र युवा भाषाशास्त्री डा. तारामणि राईले वाम्बुले भाषा जिवित रहेको प्रमाण विश्व समुदायमाझ चलचित्रमार्फत् उजागर भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन्

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

  एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्

सम्बन्धित

भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

‘समृद्ध नेपाल सुुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सरकार क्रियाशील भएर काम गरिरहेको छः मन्त्री गुरुङ

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

मोटरसाइकल चोरी गर्ने श्रीजर सेन्चुरी साँखुबाट पक्राउ

हात्तीको आक्रमणबाट मृत्युु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com