ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमानमा नेपाली यूवतीलाई बलात्कार गर्ने पाँच बंगलादेशी नागरिक पक्राउ


admin

काठमाडौँ, १८ वैशाख । ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ ।

यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँदै गर्दा बुटवल– १३ निवासी युवती आजाद नामको बंगालीको विश्वास गरी नयाँ बन्दै गरेको घरको भूइँतलाको कोठामा बस्न जाँदा उनीमाथि उक्त घटना भएको दूतावासले जनाएको छ ।

नयाँ घरको उक्त कोठामा साँझ पाँच जनाको हुल आई आफूमाथि अमर्यादित काम भइसकेपछि पोल खुल्ने डरले मारेर फाल्ने योजना पीडितले सुनेपछि शौचालयबाट राति २ बजे प्रहरीलाई खबर गरेकी थिइन् ।

उक्त खबरपछि ओमान प्रहरीले उद्धार गरी ल्याएको र दूतावासको सक्रियतामा विभिन्न स्थानबाट अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।

उनी गत माघ ३ गते कामको खोजीमा भारतको नयाँ दिल्ली, युएई हुँदै ओमान गएकी थिइन् । मालिकले समयमा तलब नदिने, पेटभरी खान नदिने, गाली गर्ने लगायत कारणले उनी काम गर्दै आएको घर छाडी अर्काे घरमा अवैध रुपमा घरेलु काम गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com