ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली नेपालमा, कस्तो छ सुरक्षा घेरा ?


एबीसी न्यूज

काठमाडौं, १८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन्।
भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ। नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको सुरक्षा घेराको स्केच अत्यन्तै गोप्य राखिएको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको बताए।

काठमाडौंबाट हेलिकप्टरमा जनकपुर आउने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेछन्। मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनालाई खटाइएको छ।

दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिनेछ। राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिनेछ।

सुरक्षाकर्मीले मोदी चढेको हेलिकप्टरको हेलिप्याड, उनको नागरिक अभिनन्दन गरिने मञ्च र पन्डाल तथा कति दूरीमा सर्वसाधारण राख्ने र त्यहाँको सुरक्षा व्यवस्था कसरी मिलाउने, त्यसको स्केच तयार पारेको छ। ‘मोदीको भ्रमणका बेला जनकपुरको शान्ति–सुरक्षाको बन्दोबस्त उच्चस्तरको मिलाइनेछ,’ आन्तरिक मामिलामन्त्री यादवले भने, ‘सुरक्षा बन्दोबस्त कडा हुनेछ।’

वैशाख २८ गते नेपाल भ्रमणमा काठमाडौं पुग्ने भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम छ। मोदीको जनकपुर भ्रमणबारे नेपाल र भारतको सरकारले औपचारिक पुष्टि नगरे पनि यहाँ उनको आगमनको तयारी तीव्र पारिएको छ।

डीआईजीको नेतृत्वमा भारतबाट आएका सुरक्षाकर्मीले जनकपुर भ्रमणको क्रममा मोदी पुग्ने रंगभूमि मैदान र जानकी मन्दिरमा विशेष निगरानी बढाएको छ। नेपाली सुरक्षाकर्मीसँग मिलेर भारतीय सुरक्षाअधिकारीले रंगभूमि मैदानदेखि जानकी मन्दिरसम्मको सडकमा अपनाइने सुरक्षा बन्दोबस्त मिलाएको छ।

मोदी रंगभूमि मैदानमा अवतरण गरेपछि सडक मार्ग प्रयोग गर्दै जानकी मन्दिर पुग्नेछन्। रंगभूमि मैदानदेखि करिब ५ सय मिटरको दूरीमा रहेको जानकी मन्दिरसम्म पुग्न मोदीले गाडीको प्रयोग गर्नेछन् कि पैदल यात्रा, त्यो खुलाइएको छैन। सुरक्षाकर्मीले गाडी वा पैदल दुवै अवस्थामा हुने मोदीको यात्रालाई केन्द्रित गरेर सुरक्षाको बन्दोबस्त मिलाएको छ।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्रालयको टिम मंगलबार यहाँ आउँदै छ। परराष्ट्र मन्त्रालयको टिमले मोदीको जनकपुर भ्रमणको तयारी र अपनाइएको सुरक्षा व्यवस्थाबारे समेत जानकारी लिने स्रोतले बतायो।

मोदीको जनकपुर भ्रमणलाई सुरक्षित बनाउन नेपाली सुरक्षा निकायका उच्च अधिकारीहरू बुधबार यहाँ आउँदै छन्। आन्तरिक मामिलामन्त्री यादवका अनुसार बुधबार जनकपुर आउने उच्च सुरक्षाअधिकारी मोदीको भ्रमण अवधिसम्म यहीँ खटिनेछन्।

मोदीको जनकपुर भ्रमणका बेला करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। आन्तरिक मामिलामन्त्री यादवले मोदीको सुरक्षा बन्दोबस्तका लागि प्रदेशको सुरक्षाकर्मी अपुग भए बाहिरबाट समेत झिकाउने बताए।

मोदीको जनकपुर भ्रमणको सुरक्षाको कमान्ड मन्त्री यादवले आफैं सम्हालेका छन्। उनको अध्यक्षतामा बनेको सुरक्षा समितिमा आन्तरिक मामिला राज्यमन्त्री, मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका सचिव छन्।

सुरक्षा ‘खतरा’ हुन नदिन प्रदेश सरकारले जनकपुर आउने र बाहिरिने मानिसहरूको निगरानी र तथ्यांक संकलन थालेको छ। ट्राफिक प्रहरीलाई यो अवधिमा जनकपुर आउने र बाहिरिने व्यक्तिको सबै विवरण राख्न प्रदेश सरकारले निर्देशन दिएको छ। यहाँको होटल तथा पसलमा समेत निगरानी बढाइएको छ। होटल सञ्चालकलाई ग्राहकको प्रमाण खुल्ने सबै विवरण दुरुस्त राख्न भनिएको छ। सुरक्षाकर्मीले चेकजाँच समेत गरिरहेको छ। कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com