ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायिका सुनिता अधिकारीको ‘पानको मिसी…’ बजारमा (भिडियोसहित)


admin
बैशाख १७, २०७५ सोमबार  ९ : ४० बजे
काठमाडौँ । लोक गायिका तथा मोडल सुनिता अधिकारीको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ ।
सुनिताले ‘पानको मिसी हुकुमको चौकाले…’ बोलको गीत बजारमा ल्याएकी हुन् । यो उनको सातौँ गीत हो ।
शिव हमालको लय र सिर्जना रहेको गीतमा सुनिता र गायक भगीरथ चलाउनेको स्वर छ । म्युजिक नेपाल र तिर्सना म्युजिक प्रालिले यसको भिडियो पनि बजारमा ल्याएको छ । भिडियोमा सुनितासँगै रामजी खाँडको बेजोड अभिनय र नृत्य छ ।
‘आइतबार साँझ युटूबमा रिलिज भएको २४ घण्टा नबित्दै २० हजार दर्शकले हेरिसक्नुभएको छ । यो गीत निकै लोकप्रिय हुने मैले विश्वास लिएको छु । मेरा अभिनय पनि भएकाले दर्शकको मन जित्ने आशा लिएको छु । स्वदेश तथा विदेशबाट निकै राम्रो छ भन्ने प्रतिक्रिया पनि आइरहेको छ ।’– सुनिताले भनिन् ।
प्रकाश भट्ट निर्देशित भिडियो साइ भिजन प्रालिले निर्माण गरेको हो । जसलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।
लमजुङ धुसेनीकी सुनिताले स्कूले जीवनदेखि नै गाउन थालेकी हुन् । २०६४ सालमा एसएलसी पास गरेपछि व्यावसायिक गायिका बन्ने सपना पूरा गर्न काठमाडौँ छिरिन् । यो बीचमा उनले ७ वटा गीत बजारमा ल्याइसकेकी छिन् । ‘दर्शक र स्रोताहरुलाई अझै लोकप्रिय गीत पस्कने मेरो चाहना छ । सुनिता भन्छिन्, ‘लोकसंगीत हामी नेपालीको गहना हो, यसलाई जोगाउन हामी सबैको कर्तव्य पनि हो ।’
https://www.youtube.com/watch?v=y35DuEl-e3g&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

‘विद्रोह अपरिहार्य थियो, अब डेलिभरी नै निर्णायक हुन्छ’ – डा. लोकराज बराल (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com