ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्तिको प्रतिकको रुपमा सबैको गन्तव्य लुम्बिनी (भिडियोसहित )


एबीसी न्यूज
बैशाख १४, २०७५ शुक्रबार  १ : ५५ बजे

‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’भन्ने मुल नाराका साथ २५६२ औं बौद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख १५ र १६ गते लुम्विनीमा आयोजना हुने अन्तरराष्ट्रिय वौद्ध सम्मेलन तथा २५६२ औं बुद्ध जयन्तीको तयारी तिब्र पारिएको छ । सम्मेलनमा संसारका २३ वटा मुलुकहरुले सहभागीता जनाउने भएका छन् । ति मध्ये १३ मूलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुको सहभागिता रहनेछ । अघिल्लो वर्षसम्म त्रिपालमुनी हुंदै आएको बुद्धजयन्तीको कार्यक्रम यसपाला अन्तराष्ट्रिय सम्मेलनका रुपमा व्यवस्थित सभा भवनमा हुनेभएको छ ।
यसपटकको बुद्ध जयन्ती तीन दिन मनाईंदैछ । १५ र १६ गते अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुंदैछ । सम्मेलनको अन्तिम दिन १७ गते बुद्ध जयन्ती मनाउंदै सम्मेलनको समापन हुनेछ । सोही दिन, राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागीता हुनेछ ।

बौद्ध सम्मेलनमा २३ मुलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरु र बौद्ध धर्मसंग आवद्ध संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ । भारत, जापान, फ्रान्स, यूके, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंका लगायतका राष्ट्रले सहभागितो पक्का पक्की भएको छ । सम्मेलनमा १६ जना राष्ट्रिय र १६ अन्तराट्रिय विज्ञ गरी ३२ जनाले बौद्धसगं सम्बन्धित १३ वटा विभिन्न उपशिर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धित प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धानदाताहरुको कार्यपत्र समेत रहनेछ । सम्मेलनपश्चात प्रस्तुत कार्यपत्रहरुको निश्कर्षको रुपमा लुम्बिनी सम्मेलन घोषणा पत्र २०१८ जारी गरिनेछ ।

बुद्धसंग सम्बन्धित रहेका रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिक स्थलको, बुद्धको अमृतमय शिक्षालाई प्रचार प्रसार गरी जनताको कल्याण गर्ने तथा आपसी सदभाव बढाउने लगायत उद्देश्यले जयन्ती र सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनका लागि ३ हजार पाहुना अट्ने क्षमता भएको भवन निर्माण गरिएको छ । नेपाली सेनाले लुम्बिनी अनुसन्धान केन्द्र र संग्रहालयको बीचमा अस्थाई प्रकृतिको पक्की सभा हल बनाएको छ । ठेक्का प्रकृयाबाट ढिला हुने भएपछि मन्त्री परिषद बैठकबाट हल बनाउने जिम्मा सेनालाई दिइएको थियो ।

फलाम, स्टिल र ट्रष्ट प्रयोग गरेर हल बनाईएको छ । माथि जस्तापाता र चारैतिर सिमेन्ट बोर्ड प्रयोग गरिएकोछ । हल ८० मिटर लामो, ४० मिटर चौडा छ । हल भित्र मञ्च सहित ३ हजार कुर्सी सजिलै अटने गरि बनाईएकोछ । कोषको ४ करोडकोे लागतमा हल बनाइएको हो । सभा हल र सम्मेलनको लागि ६ करोड खर्च लाग्ने अनुमान गरिएको छ । ६ करोड मध्ये करिब ४ करोड रुपैयांको लागतमा अस्थायी सभाहल निर्माण भइरहेको र बांकी २ करोड रुपैयांमा अन्य तयारीका कामहरु भइरहेको छ ।

लुम्बिनीमा हुन गैरहेको बौद्ध सम्मेलनालाई लिएर सुरक्षा ब्यावस्था मजबुद बनाइएको छ । राष्ट्रपतिदेखि विदेशी पाहुनाहरु आउने कार्यक्रम भएकाले सुरक्षा थ्रेटलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागी नेपाली सेना, ससस्त्र प्रहरी, जनपद प्रहरी र अनुसन्धानको सुरक्षा संयन्त्र परिचालन गरिएको छ । सुरक्षालाई मध्यनजर गरि कार्यक्रम स्थलमा सर्बसाधारालाई जान अवरोध नगरीने भएको छ । सुरक्षा थ्रेड छ तर पनि विभिन्न सुरक्षा चरणहरु पार गरेर स्थानीयलाई कार्यक्रम स्थलसम्म जान दिने गरि सुरक्षा मिलाइएको नेपाली सेनाले जनाएको छ ।

लुम्बिनीको विकास र प्रवद्र्धन गर्न राज्यले अन्तराष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्न जति स्वागतयोग्य छ । त्यति लुम्बिनीको विकासकै लागि सरकारबाट अघि सारिएको गुरुयोजना अझै अधुरो छ । यसर्थ सम्मेलनलाई सम्मेलनमै सीमित होइन, युद्धस्तरमा गुरुयोजना कार्यान्वयन गरि लुम्बिनीको पर्यटन विकासमा राज्यले इमान्दारिता देखाउनै पर्छ । होइन भने सम्मेलन गरेरै मात्रै लुम्बिनीको प्रवद्र्धन कदापी हुने छैन ।
लुम्बिनी विकासको लागि लुम्बिनी, कपिलवस्तु हुदै देवदहसम्म मोनोरेल संचालन गर्नुपर्ने आवश्यकता रहेको सम्बन्धित सरोकारवालाहरुको सुझाव छ ।

लुम्बिनी विकास गुरुयोजना निर्माणको काम अधुरै
एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला ? २ वर्ष, ४ वर्ष, ५ वर्ष, १० वा २० वर्ष । तर, नेपाललाई विश्वमै चिनाउने शान्तिको अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको गुरुयोजना ४० वर्षदेखि अधुरै छ ।
लुम्विनी क्षेत्रको संरक्षण र योजनावद्ध विकास गर्न भन्दै सन १९८७ मा लुम्विनी विकास गुरुयोजना बनाउन सुरु भएको हो । १४ वर्ष भित्र सम्पन्न गर्ने गरि गुरुयोजना कार्यान्वयन गर्ने भनिएपनि गुरुयोजनाको प्रगति कछुवा गतिमा पनि छैन । लुम्बिनीको विकासको लागि भन्दा पनि राम्रालाई भन्दा हाम्रालाई जिम्मेवारी दिने गलत प्रवृत्तिका कारण गुरुयोजनाको यस्तो हविगत भएको हो । गुरुयोजना सम्बन्धी विज्ञता भन्दा पनि अयोग्यहरुको प्रवेशले गुरुयोजना अलपत्र परेको सत्य कुरा हो । दक्ष र योग्यहरुको प्रवेश भन्दा पनि अयोग्यहरुले लुम्बिनीको विकासको जिम्मा लिदा लुम्बिनी विकास गुरुयोजना अघि बढ्न नसकेको हो । राजनीतिक स्वार्थबाट प्रेरित प्रवृत्तिले ४० वर्षदेखि गुरुयोजना अधुरो हुदै आएको छ । विश्व मानव जगतको आस्थाको धरोहर भएर पनि जिम्मेवारहरुको खेला“चीका कारण अन्तराष्ट्रिय समुदायको अगाडि लज्जाकै विषय बनेको छ ।

गुरुयोजना निर्माणका लागि हालसम्म करिव ८ अर्व ६९ लाख ३० हजार रुपैया खर्च भईसकेको तथ्यांक छ । जग्गा अधिग्रहण र भौतिक संरचना निर्माणमा नेपाल सरकारको साढे २ अर्व र विदेशी दाताहरुले बनाएका बौद्ध गुम्बाहरुको निर्माणमा साढे ५ र्अव खर्च भैसकेको छ । ४० वर्षदेखिको गुरुयोजना अझै पूर्णता पाउन सकेको छैन । ४० वर्षमा पनि नसकिएको गुरुयोजना कार्यान्वयनको काम अझै २५ प्रतिशत ब“ँकि छ अधुरो लुम्बिनी विकास गुरुयोजना पूर्णरुपमा कार्यान्वयन गर्न अझै ६ अर्व रुपैया लाग्ने अनुमान गरिएको छ । गुरुयोजना निर्माणको कामलाई युद्धस्तरमा गरेपनि अझै ४ वर्ष पुरा गर्न लाग्नेछ ।

धार्मिक पर्यटनको अब्बल गन्तव्य , विश्व शान्तिको पूण्यभूमि, विश्व मानव जगतको आस्थाको धरोहर लुम्बिनीको प्रवद्र्धन गर्न भईरहेका ढिलालाई दुनियांमा नेपाललाई लज्जित बनाएको छ । जिम्मेवारहरुको लापरवाहीका कारण १४ वर्षमा सम्पन्न हुने गुरुयोजना कार्यान्वयन ४ दशकसम्म थन्किनु चानचुने कुरो होईन । यसर्थ अबको अन्तराष्ट्रिय बौद्ध सम्मेलनबाट अधुरा लुम्बिनी विकासका कार्य युद्धस्तरमा पुरा गर्ने अठोटसहित बाचा पुरा गर्न जिम्मेवारहरु नचुकून् ।

अधुरो लुम्बिनी विकास गुरुयोजनाका कारण पर्यटन प्रवद्र्धन हुनै सकेन

१४ वर्षभित्र सम्पन्न गर्ने भन्दै आज भन्दा ४० वर्ष पहिले लुम्बिनी विकास गु्रुयोजना कार्यान्वयनमा गएको थियो । गुरुयोजना कार्यान्वयनमा गएपनि योजनाहरु पुरा हुन सकेका छैनन् । इतिहासकै सर्वाधिक लामो योजना बनेको छ, लुम्बिनी गुरुयोजना । गुरुयोजना पुरा नहुंदा लुम्बिनीको पर्यटन प्रवद्र्धन सोचेजति हुनसकेको छैन ।

चार दशकमा गुरुयोजना अनुसार पवित्र उद्यान क्षेत्रमा पोखरीहरुको निर्माण कार्य भएको छ । लुम्बिनी गुरुयोजना वरिपरि १६ मि.मि. सुरक्षा पर्खाल निर्माण भएको छ । तीर्थयात्री एवम् पर्यटकलाई उत्तरतर्फबाट बुद्ध जन्मस्थलसम्म जान र आउन केन्द्रीय नहरमा डुंगा संचालन, प्रो. केन्जो टांगेले तयार गरेको शैलीमा प्रशासकीय भवन तथा पर्यटक सूचना केन्द्रहरु निर्माण भएका छन् । लुम्बिनी सर्किटमै पर्ने कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार, तिलौराकोट क्षेत्रमा पुरातात्विक उत्खनन् जारी छ ।
प्रोफेसर केन्जो टांगेले बनाएको गुरुयोजना बाहेक यूनेस्कोले लुम्बिनी क्षेत्रको (Integrated Management Plan – IMP) तयार गरी स्वीकृतिको लागि अन्तिम चरणमा पुर्याएको छ । यस्तै, कोरियन संस्था कोइकाद्वारा लुम्बिनी विश्व शान्ति सहरको विस्तृत गुरुयोजना तयार गरी स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।

गुरुयोजना अनुसार हालसम्म करिव ७५% कार्य सम्पन्न भएको छ । ४० वर्षसम्म लुम्बिनी गुरुयोजना चलिरहे पनि अझै २५ प्रतिशत काम अधुरै छ । लुम्बिनी विकासकोषमा हुने चरम राजनीतिकरण, नेतृत्वको कार्यक्षमता अभाव आदिका कारण गुरुयोजनाको काम कछुवा गतिमा हु“दा लुम्बिनीको महिमा जति नै उच्च भएपनि अझै अधुरो छ । पूर्वाधारको विषय दुनिया“का अगाडि लज्जाको विषय बनेको छ । अझै पनि मुख्य १६ ओटा आयोजना पुरा हुन सकेका छैनन् ।

गुरुयोजना विपरीतका काम
त्यसो त, बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजनाको माफदण्ड बिपरीत केही काम भैरहेको छ । गुरुयोजना अन्तरगत रहेको एक सय ५५ विघा क्षेत्रफलमध्ये मोनास्ट्रीक जोनमा नियम बिपरीत काम भएका छ । इच्छुक राष्ट्र तथा संस्थाले प्रस्ताव गरेपछि नक्सा अनुसार वर्गिकरण गरिएका तीन प्रकारका प्लट मध्ये एउटा दिने व्यवस्था छ । तर लुम्बिनी विकास कोषका कर्मचारीहरुले भने आफुखुसी निर्णय गरि दुईदेखि तीन वटासम्म प्लट दिएको पाइएको छ । कोषमा हुने राजनीतिक नियुक्तिबाट आएका पदाधीकारीहरुले थाइल्याड, बर्मा, चीन, कोरिया, कम्बोडिया देशका विहार बनाउन दुई देखि तीनवटा प्लट दिएका छन् । ९५ प्रतिशत काम सम्पन्न भएको मोनास्ट्रीक जोनमा अब ६ वटा मात्र प्लट बांकी छन् । मोनास्ट्रीक जोनमा १७ राष्ट्रले बौद्ध परम्परा झल्कने गुम्बा, बिहार र ध्यान केन्द्रहरु बनाएका छन् । जोनमा दुई सय, एक सय बीस र ८० वर्ग मिटरका ४२ वटा प्लट छन् ।

गुम्बाको नाममा होटल ः लुम्बिनी विकास गुरुयोजना लुम्बिनी परिसरमा गुम्बाहरुमा होटल संञ्चालन भैरहेका छन् । होटल व्यवसायीहरुको आम्दानीको मुख्य श्रोत भनेको पर्यटन ब्यावसाय हो । तर लुम्बिनी भित्र रहेका बौद्ध गुम्बाहरुले भने होटल संञ्चालन समेत गरेका छन् । गुम्बामा एक जना भिक्षु र तिनका लागि आवस्यक खाना पकाउने भान्से र केही सहयोगी राख्न पाउने व्यवस्थालाई समेत उल्टाइएको छ ।

विश्वका वौद्धमार्गी हुन या अन्य धर्ममा आस्था राख्नेहरु नै किन नहुन्, शान्तिको प्रतिकको रुपमा सबैको गन्तव्य हो लुम्बिनी । लुम्बिनीको विकासमा राज्यले पहल कदम नचालेको त होइन तर सरकारी पहलकदमीले गति लिन सकेन नै । यसैमा पनि राजनीतिक शक्ति केन्द्रको आडमा लुम्बिनीमाथि लुट मच्चाउने काम पनि भए । यसले यतिबेलासम्म विश्व जगतको अगाडि लुम्बिनी जस्तो राष्ट्रिय गौरवको आयोजना अधुरै छ । यसर्थ यसपटको वौद्ध सम्मेलनले अधुरो योजना पुरा गरि लुम्बिनीको पूर्वाधार सम्पन्न गर्न राज्य सफल हुन सकोस्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

फेवाताल संरक्षण : ५० वर्ष पुरानो मापदण्डबाट अदालतको आदेशसम्म — डोजर चल्यो, अब के हुन्छ ?

लमजुङमा जिप दुर्घटना- दुई जनाको मृत्यु, १२ घाइते

एमालेको निष्कर्ष : बादलको अभिव्यक्ति त्रुटिपूर्ण, पार्टी नीतिविपरीत

‘सक्ने काम तत्काल गरौं’ – बालेनको जवाफ, सांसदहरूको मुख्य माग बाँदर नियन्त्रण

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com