ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ महिनामा ४७ टन सुन तस्करी, बहालवाला एसएसपी र डिएसपी सम्पर्कविहीन


एबीसी न्यूज
बैशाख १३, २०७५ बिहीबार  ६ : ३७ बजे


काठमाडौं,१३ वैशाख । सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार प्रधानमन्त्री ओलीलाई २ घण्टा सम्म सुन काण्ड र यस बारे जोडिएका कुराको जानकारी गराए छन् ।

समितिका अनुसार ९ महिनामा ४७ टन सुन अवैध तरिकाबाट नेपाल भित्रिएको र यसरी तस्करी गरेर सुन ल्याउँदा अरबौं रुपैयाँ पनि हुन्डीमार्फत् विदेशिएको समितिको अनुसन्धानमा देखिएको छ।

समितिले प्रधानमन्त्रीलाई सुन तस्करीको अवस्था, राज्यलाई परेको नोक्सान, तस्करीमा संलग्नहरूको नामसमेत सुनाएको उच्च स्रोतले जानकारी दिएको छ।

सुन तस्करीमा प्रहरी र भिआइपीहरूको समेत मिलेमत्तो रहेको समितिको निष्कर्ष निकालेको छ।
सुन तस्कारका मुख्य ‘गोल्ड डन’ भनिने गोरेलाई नेपाल प्रहरीले खोजिरहेको भएपनि पक्रन सकेका छैन ।

फागुनको पहिलो साता दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब बनाएको भन्दै भरिया सनम शाक्यको हत्या भएको थियो।
सुन गायव भएको ९ दिनपछि मोरङमा सुन भरिया शाक्यको शव भेटिएको थियो। शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भयो त्यो हत्या हो कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुन काण्डमै गत चैत ३० गते पक्राउ परेका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी बृतमा आत्महत्या गरेका थिए। साढे ३३ किलो प्रकरणमा संलग्न भनिएका यी ३ जनाकै हत्या भएको आशंका गरिएको छ। सुन प्रकरण र त्यसमा संलग्नहरुको हत्या हुन थालेपछि गृह मन्त्रालयले सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समिति अहिलेसम्म ३० दर्जनभन्दा बढीसँग सोधपुछ गरिसकेको छ। घटनामा संगलग्न २२ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ। पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकाशराज खनाल लगायतका प्रहरी नियन्त्रणमा छन् ।
एसएसपी श्याम खत्री र डिएसपी संजय राउत सम्पर्कविहीन भएका छन् । अपराध महाशाखाका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी पनि यस काण्डमा मुछिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com