ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयल निगमले २० करोड घोटाला गरेर किनेको जमिन डुबानमा (भिडियो)


admin

भैरहवा २० साउन । रुपन्देहीको भैरहवा परासि सडक खण्डको रोहिनी नदी किनारमा नेपाल आयल निगमले तेल भण्डारणका लागि खरिद गरेको जग्गा डुवानमा परेको छ ।

बिहीबारदेखिको लगातारको वर्षाका कारण रोहिणी नदीमा उर्लिएको बाढी निगमले किनेको जमिन डुबानमा परेको हो । निगमले महंगो मुल्य तिरेर किनेको त्यो जमिन खासमा रोहीणी नदिको बगर हो । आयल निगमले खरिद गरेको जग्गा र नदीको सतह बराबर नै भएकाले बर्षतको समयमा हरेक साल ढुवानमा पर्ने गर्दछ ।

रूपन्देहीको साविकका धकधई, पट्खौली र बसन्तपुर गाविसमा करिब साढे १४ विगहा जग्गा निगमले गएको असारमा खरिद गरेको थियो । त्यसमध्ये १४ कठ्ठा जग्गा बगर नदीकै बगर जग्गा हो । जहाँ पहिला रोहिणी नदी बग्दथ्यो । त्यही नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बगर बनेको थियो । अहिले नदीको उर्लिएको भेल निगमको जग्गाबाट बगेको छ । भू–माफियासँग चलनचल्तीको मूल्य भन्दा दोब्बर बढीमा निगमले जग्गा खरिद गरेको थियो ।

ओमसतिया गाउँपालिका वडा नं ४ र ५ मा पर्ने रोहणी नदी किनारको चल्तीको न्यूनतम मूल्य साढे एक लाखदेखि तीन लाख रूपैयाँ पर्दछ । तर निगमले दशदेखि १३ लाख रूपैयाँमा खरिद गरेको छ । निगमले एक सय चार कित्ता जग्गा ३१ करोड ४० लाख ७९ हजार २० रूपैयाँमा खरिद गरेको मालपोत कार्यालय भैरहवाको रेकर्डमा छ ।

 

 

 

१४ बिघामा किन्दा १९ करोड घोटाला
मालपोत कार्यालयका अनुसार निगमले किनेको जमिन औसतमा प्रति कठ्ठा ४ लाख ११ हजार पर्न जान्छ । यो आधारमा १ बिघा जमिनको मुल्य ८२ लाख २० हजार हुन्छ भने निगमले खरिद गरेको १४ बिघा जमिनको मुल्य ११ करोड ५० लाख ८० हजार पर्छ । तर, निगमले ३१ करोड ४४ लाख ५६ हजार १ सय तिरेको छ । यो हिसावले निगमले जग्गा खरिद गर्दा १९ करोड ९३ लाख ७६ हजार १ सय घोटाला भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com