ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

भारतीय नम्बर प्लेटका गाडी नेपालमा निर्वाध सञ्चालन


admin

वीरगञ्ज, ११ वैशाख । छुटपूर्जी काट्ने व्यवस्था नहँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रुपमा चल्ने गरेको पाइएको छ  ।

छुटपूर्जी काट्ने व्यवस्था छोटी भन्सार कार्यालयमा नहुँदा राजश्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको छ । प्रहरीले भारतीय नम्बर प्लेटका गाडी चढ्नेलाई कारबाही गर्न सकेको छैन ।

स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि, प्रदेश सभासद् र प्रतिनिधिसभाका सदस्यले समेत भारतीय नम्बरका गाडी बढी प्रयोग गर्ने गरेका छन् । छोटी भन्सार कार्यालयमा छुट पूर्जीको व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल प्रवेश गर्न समस्या हुने गरेको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक रोशन अधिकारी भन्नुहुन्छ, “छुट पूर्जी काट्ने अधिकार छोटी भन्सार कार्यालयलाई नदिँदा नेपाल आउने गाडीधनीले सास्ती भोग्नु परेको हो ।”

भारतको सिकटा, भेलाई, बेतिया, इनर्वालगायत नाका भएर दैनिक सयौँ भारतीय गाडी दैनिक रुपमा बिना छुट पूर्जी नेपाल भित्रिने गरेको छ । भारतीय नम्बर प्लेटका कार र जिप प्रयोग गर्नेले दैनिक रु ४५२ भन्सार शूल्क तिर्नु पर्ने व्यवस्था छ । छोटी भन्सार कार्यालयमा छुट पूर्जी काट्ने व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल भित्रिनाले लाखौँ राजश्व गुम्ने गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव सरकारले जहाँ जहाँ छुट पूर्जी काट्ने अधिकार दिएको छ त्यहाँबाट मात्र काट्न सकिने बताउनुहुन्छ ।

छोटी भन्सार कार्यालयलाई छुट पूर्जी काट्ने अधिकार नदिँदा सवारी धनीलाई २५ किलोमिटरको बाटो तय गरी छुट पूर्जीका लागि वीरगञ्ज भन्सारमा आउनु पर्ने बाध्यता रहेकाले ग्रामीण क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयलाई सो अधिकार दिनु पर्ने माग सवारी धनीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री

    काठमाडौं १ बैशाख ।प्रधानमन्त्रीले मेलम्ची ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ

२०७७ सालमा जस्तो कोरोनाको पीडा नदोहोरियोस् : प्रधानमन्त्री

काठमाडौं १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गरेका छन् । प्रधानमन्त्री ओलीले बुधवार

२०७७ सफलताको वर्ष रह्यो : प्रधानमन्त्री ओली

  काठमाडौं १ बैशाख । कोभिड महामारी भए पनि राजनीतक संकट देखापरे पनि गत वषर्ए उपलब्धिकै वर्ष रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री

२०७७ सालमा जस्तो कोरोनाको पीडा नदोहोरियोस् : प्रधानमन्त्री

२०७७ सफलताको वर्ष रह्यो : प्रधानमन्त्री ओली

 नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ का सफलता :राष्ट्रपति भण्डारी

कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

२०७७ ओली र अदालतको आहतमा, २०७८ यदुबंशी युद्धमा !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com