ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुटेरा पक्राउ गर्न प्रहरीबाट फायरिङ


admin
बैशाख ११, २०७५ मंगलबार   ३ : ०७   बजे

धरान, ११ वैशाख । सुनसरीको धरानमा प्रहरीले एक राउण्ड फायरिङ गरेको छ ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि छुरा प्रहार गर्ने मुख्य आरोपीलाई पक्राउ गर्ने क्रममा प्रहरीले फायरिङ गरेको हो ।

धरान–१५ स्थित महादेव चोक भन्दा तलबाट प्रहरीले कुम्बे राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै राईले अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले एक राउण्ड फायरिङ गरेको थियो ।

प्रहरीले राईलाई पक्राउ गर्न फायरीङ गर्नुपरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो । तर प्रहरीले प्रहार गरेको गोलीले राईलाई भने लागेन र फायर खोलेपछि मात्र राईलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

धरान–१५ विशाल चोक नजिकै साथीकोबाट नोट लिएर आउने क्रममा विद्यार्थीमाथि आक्रमण भइ मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको थियो । आक्रमणबाट बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटा घाइते भएको डीएसपी पौडेलले जानकारी दिनुभयो ।

छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ भने सुजन खड्काको भने हातमा समेत चोट लागेको छ । घाइते विद्यार्थीहरुको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सापकोटाको अवस्था सामान्य रहेपनि खड्कालाई भने तत्काल आइसीयुमा भर्ना गरिएको थियो । खड्का पनि अहिले खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group