ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दर्भ पृथ्वी दिवस : सावधान बनौं ! छैठौं जैविक विनाशको युगमा प्रवेश गर्दैछ पृथ्वी


admin
बैशाख ९, २०७५ आईतबार  १२ : ३४ बजे


ताममान र मौसम अनुकल बन्न नसक्दा डायनोसरको अस्तित्व समाप्त भयो । अस्तित्वका लागि संघर्ष गर्न नसक्दा पटक पटकसम्म विभिन्नप्राणीहरु विलुप्त भैसकेकाछन् । एक प्रजातिको अन्त्य र अर्को प्रजातिको उदय भैरहेको छ पृथ्वीमा । तर, प्राणि जगतको सबैभन्दा उन्नत विचार भएको मानव जातिको अति अतिक्रमणका कारण सिंगो पृथ्वी नै संकटमा पर्दै गएको वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् । मानवीय अतिक्रमका कारण बढ्दै गएको ‘क्लाइमेट चेन्ज’ले भोलिको दिनमा भयानक संकट उत्पन्न हुने चेतावनी दिएकाछन्, खोज अनुसन्धानकर्ताहरुले ।

सीएनएनका जोन डी सटर क्लाइमेट चेन्ज र सामाजिक न्यायको विषयका स्तम्भकार हुन् । सटरले प्राणी जगतकै छैठौं विलुप्तीकरणबारे वैज्ञानिक खोज तथा अनुसन्धान र विभिन्न वैज्ञानिकहरुसँगको छलफलका आधारमा अनुसन्धानमुलक आलेख लेखेका छन् ।

पृथ्वी आफ्नो छैठौैं ठूलो विलुप्ततातर्फ अगाडि बढिरहेको घटानाप्रति वैज्ञानिकहरुको मतविभाजन भएपछि धेरै वैज्ञानिकहरु स्पष्ट छन् । यसको अर्थ शताब्दीको अन्त्यसम्म प्राणीजगतका तीन–चौथाई प्रजातीहरु लोप भैसकेका हुन्छन् भन्ने उनीहरुले दाबी गरेकाछन् । यसो हुनुमा मानव प्रजातीकै सबैभन्दा बढी योगदान रहेको खुलासा पनि उनीहरुले गरेकाछन् ।
नेशनल ऐकेडेमी अफ साइन्सको जनर्लमा प्रकाशित एक अध्ययनअनुसार, ‘जैविक विनाश’को पूर्ण तस्वीर प्राकृतिक दुनियाँसम्म पुग्न सकिरहेको छैन । जसको जिम्मेवार पनि मानिस स्वयं नै हुन् ।

यूनिभसिडेड नेशनल अटोनोमा डे मेक्सिकोका इकोलोजीका प्रोफेसर गोरार्डो सेबलोस र स्टेनफोर्ड विश्वविद्यालयका जीव वैज्ञानिक एवं प्रसिद्ध लेखक पावल एहर्लिच सहित उनको सह–लेखकले नयाँ सबूतको साथ प्रजातिहरुको संख्या नपत्याउने खालले घटिरहेको दाबा गरेकाछन् ।

आफ्नो रिसर्च आर्टिकलमा यि वैज्ञानिकहरुले निकालेको मुख्य निस्कर्ष हो – भूमिमा आधारित स्तनधारी, चरा, उभयचर र सरिसृप गरी २७ हजार छ सय प्रजातिको लगभग एक तिहाई संख्या र उनीहरुको प्रादेशिक सिमा नाशिँदै गएको छ ।

अनुसन्धानकर्ताले यसलाई ‘जनसंख्या क्षयीकरणको अति उच्च डिग्री हो’ समेत भनेका छन् । वैज्ञानिकहरुले १७७ स्तनधारी प्रजातिहरुको अध्ययन गर्ने एउटा राम्रो समूहको अध्ययनलाई हेरेर सन् १९०० देखि २०१५को बीचमा लगभग सबै क्षेत्रमा थोरै भन्दा थोरैमा पनि ३० प्रतिशत प्रजातिमा क्षयीकरण भएको दाबी गरेकाछन् । जसमध्ये २० प्रतिशत भन्दा बढीको संख्यामा कमी आएको छ । यसको अर्थ तिनीहरुको आफ्नो प्राकृतिक भौगोलिक सीमाबाट ९० प्रतिशत भाग हराएको छ ।

विलुप्त हुन लागेका प्रजातिलाई मात्र हेर्दा छैठौं ठूलो विलोपिकरण सोचे भन्दा निकै भयानक हुने आशंका त्यसै पक्कै गरिएको होइन । ति प्रजातिको संख्या र श्रेणी हेरेर नै यो छैठौं विलुप्तीकरण यसअघिका विलुप्तीकरण भन्दा निकै नै गम्भीर र भयानक हुने ‘रिसर्च आर्टिकल’मा उल्लेख गरिएको छ ।

स्टेनफोर्ड यूनिभर्सिटीमा जेस्पर रिज बायोलोजिकल रिजर्भका कार्यकारी निर्देशक एन्थनी बार्नोस्की भन्छन् ‘यो अध्ययन विहंगम छ, जसलाई मैले समेत देखेको छु । यो अध्ययनमा सामेल नभएका बार्नोस्कीले ‘के हुनेवाला छ मैले देखिरहेको छु, जबकी आम मानिसहरु र वैज्ञानिकहरुले पनि भोलि के हुनेवाला छ, अझै देख्न सकेका छैनन’ भन्दै छैठौं विलुप्तिकरणलाई थप प्रष्ट पारेकाछन् । धेरै प्रजातिको संख्या त संकटग्रस्त भइसकेको छ ।

उदाहरणको लागि अफ्रिकन हात्तीलाई नै लिन सकिन्छ, संख्यामा हेर्ने हो भने अफ्रिकन हात्तीअझै पनि अफ्रिकाको जङ्गलमा ४ लाखको संख्यामा छन् । यसलाई निकै ठूलो संख्या मान्न पनि सकिएला । तर यो संख्या पछिल्लो शताब्दीको तुलनामा आधीको पनि आधी नरहेको गोरार्डो सेबलोसले बताएका छन् । अघिल्ला शताब्दीमा अफ्रिकामा हात्तीको संख्या १० लाख भन्दा पनि धेरै रहेको उनको भनाइ छ ।

यस्तै तरिकाले अफ्रिकन हात्तीको संख्या घट्ने हो भने २० बर्षमा अफ्रिकाको जङ्गलमा हात्ती देख्न पाइने छैन ।अध्ययनले देखाएको छ, प्राणि जगत र वनस्पतीको सम्पूर्ण जनसंख्या संकटग्रस्त भएको छ ।

छैठौं विलुप्तलाई लिएर पछिल्लो समयमा धेरै नै विवाद चर्केको छ । छैठौं विलुप्तको घटनाक्रम पहिलादेखि नै सुरु भएको हो या यो क्षितिज पारिको कथा मात्र हो ? बहस जारी छ । वैज्ञानिकहरु भने यसविषयमा विभाजित पनि भएका छन् ।

तर, जलवायु परिवर्तन, वायु तथा जलप्रदुषण जस्ता मानव निर्मित खतराले भयानक कदमतर्फ अघि बढाइरहेको छ । विश्व बैंकका अनुसार तिब्र रुपमा मानिसको विश्वव्यापी जनसंख्या वृद्धिले जंगलको विनाश भैरहेको छ भने वासस्थानको समस्या बल्झिँदै छ ।

जुन मानिसहरुको निकै नै भयानक कदम रहेको र जसको नकारात्मक असरकै कारण छैठौं विलुप्तको प्रारम्भ भएको उनीहरु बताउँछन् ।

प्रोफेसर गोरार्डो सेबलोसे अझै केही नबिग्रेको बताएर आम मानिसलाई पूर्ण निराश नहुन पनि सुझाएका छन् । उनले मानिससँग अझै प्रयाप्त समय भएको यस्ता विनाशका नतिजालाई हेरेर मानिसले समयछँदै पाठसिक्नु पर्ने बताउँछन् । तर, समयमै नचेत्ने हो भने ‘जैविकविनाश’ क्रम चलिरहन्छ ।
(सीएनएन डट कममा प्रकाशित रिपोर्टमा आधारित)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com