ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोज पुनका सुराकीमा केन्द्रिय नेतादेखि उद्योगपति सम्म (नाम सहित )


एबीसी न्यूज
बैशाख ५, २०७५ बुधबार   ४ : ०१   बजे

बुटवल, ५ वैशाख । दुई महिनाअघि प्रहरीले इन्काउन्टरको नामबाट गुन्डा नाइके मनोज पुन मारिएसगै उनका सहयोगिहरु धमाधम प्रहरीले पक्राउ गर्न थालेको छ । मनोज पुनको जालो तोड्ने अभियानमा लागेको प्रहरीले आज सम्म २३ जनालाई पक्राउ गरि सकेको छ ।

पक्राउ पर्नेमा सत्तारुढ दलका केन्द्रिय सदस्य देखि भातृ संगठनका नेता सम्म परेकाछन् । गुण्डा नाईके मनोज पुनको ईन्काउण्टरसंगै अपराधको जालो तोड्ने क्रममा प्रहरीले तानेको लहरोले ठूलै पहरा भत्कादै गएको छ । रुपन्देही प्रहरीले अपराधकोजालो च्याट्दै जांदा सत्तारुढ दलका केन्द्रिय नेता देखि उच्च घरानाको उद्योगि समेत प्रहरीका फण्डामा परेकाछन् ।

प्रहरीको पछिल्लो सफलता अन्तर्गत पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीको नियन्त्रणमा आएका छन् । पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् ।

पक्राउ परेका लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । पक्राउ परेका हरि श्रेष्ठ मदिरा उद्योगी हुन् । पक्राउ परेका ४ जना मनोजका लागि नेपालमा बसेर काम गर्ने प्रतिनिधी भएका र उद्योगि श्रेष्ठले आफ्नै ब्यवसायीक साझेदारको हत्या गर्न मनोज पुनलाई सुपारी दिएको अभियोगमा पक्राउ परेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेकाहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

पुनले पक्राउ परेका ४ जनालाई सुराकीको रूपमा प्रयोग गरेको तथा श्रेष्ठसंग ब्यक्ति हत्याका लागि ९० हजार पेश्की लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले पुनलाई आपराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेका थिए ।
पक्राउ परेका मध्य केहि ब्यक्तिको पार्टी केन्द्रीय नेताहरुसँग सिधा सम्पर्क हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जुनसुकै आवरणमा लुक्न खोजेपनि प्रहरीले नछाड्ने प्रहरी उपरिक्षक ज्ञवाली बताउछन् ।

मनोज पुन र उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएका थिए । पुनकै योजनामा रुपन्देहीको देवदहका दुर्गा तिवारी र बसन्त पौडेलको हत्या भएको थियो भने झण्डै ६ जना बढीलाई गोलि प्रहार भएको थियो । प्रहरीले यस अघि नै हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीले पक्राउ गरेकाहरु राजनितीक ब्यक्तिहरु रहेपनि दलका नेताहरुले उनिहरुको संरक्षण नगरेको प्रहरीले बताएको छ । दलको आवरणमा होस वा कुनै शक्तिको आड्मा अपराध कार्यमा संलग्नहरु कानुनको दायरामा आउनै पर्दछ । ईन्काउण्टर संगै प्रहरीले अपराधको जालो तोड्न गरेको प्रयासमा सबैको साथ रहेमात्र अपराध मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group