रुपन्देही, ५ वैशाख । रुपन्देहीमा एक बालिकाको हत्या भएको छ । ओमसतिया गाउँपालिका – ६ बृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनको हत्या भएको हो । गएराती शौचालय जान भनेर बाहिर निस्किएकी सरस्वती घरदेखि डेढ किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी छिन् । घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्