ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निषेधित तोक्ने निर्णयप्रति नेवि संघको आपत्ति


admin

काठमाडौं, ४ वैशाख । प्रमुख प्रतिपक्ष काँग्रेस निकट नेपाल विद्यार्थी संघले काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापन पत्र बुझाउँदै काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने निर्णयप्रति आपत्ति जनाएको हो । त्यस अवसरमा संघले तत्काल निषेधित क्षेत्र तोक्ने निर्णय खारेज नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ ।

नागरिकको आवाजलाई बुलन्द गर्ने माईतीघर जस्ता सार्वजनिक ठाउँहरुमा कुनै पनि कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने नमिल्ने भएकाले यस्ता ठाउँमा लगाइएको निषाधाज्ञा तत्काल हटाउन माग गर्नु परेको संघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनु भयो । उहाँले सरकारले काठमाडौंका सार्वजनिक ठाउँहरुमा निषेधाज्ञा लगाउने निर्णय फिर्ता नलिए आफूहरु निषेधाज्ञा तोड्न बाध्य हुने चेतावनी पनि दिनु भयो ।

यता, प्रमुख जिल्ला अधिकारी शर्माले भने काठमाडौंलाई व्यवस्थित बनाउन सार्वजनिक स्थलहरुमा निषेधाज्ञा लगाउने निर्णय लिइएको बताउनुभयो । उहाँले सरकारको निर्णय कार्यान्वयन गर्ने दायित्वबाट आफूहरु पछि नहटने पनि स्पष्ट पार्नुभयो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले खुलामंच, तीनकुनेको खाली रहेको चौर, भगवान पाउँको भईखेल चौर, पेप्सीकेलाको खेल मैदान, सानो गौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरबाहेक अन्य ठाउँमा धर्ना, विरोध, प्रर्दशनलगायतका विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

सम्बन्धित

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com