ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ वाई–१२ विमान निगमलाई हस्तान्तरण


एबीसी न्यूज
बैशाख ४, २०७५ मंगलबार  ६ : २३ बजे

 

काठमाडौँ, ४ वैशाख । चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गर्नुभयो ।

कलसाइन ९एन–एकेयू-९एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । जम्मा १७ सिट क्षमताका यी दुईसहित छ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० (५६ सिट क्षमताका ) विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ ।

विसं २०६९ मा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौताबमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुई अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ ।

हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको छ । निगममा विमान भित्रिए पनि विमानचालक पाइलट अभावका कारण तीन वटा विमान लामो समयदेखि थन्किएका छन् ।

सय दिनभित्र छ वटै विमान उडाउन निर्देशन 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएको छ वटै विमान सय दिनभित्र सञ्चालनमा लयाउन वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ ।

विमान आउने र विभिन्न बहानामा थन्किने अवस्था रहेकोप्रति चासो जनाउँदै उहाँले अबको तीन महिनाभित्र विमान पूर्ण रुपमा सञ्चालनका व्यवस्थापन गर्न निगमलाई आग्रह गर्नुभयो ।

पर्यटनमन्त्री अधिकारीले नेपाल र चीनको सम्बन्ध विमान उडेजस्तै हुनुपर्ने भन्दै आएका विमानलाई सहज रुवमा उडानको वातावरण सिर्जना गर्न दुवै पक्षले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । “छ वटा विमान आएका छन् यो सञ्चालन राम्रो भयो भने दुई देशबीचको सम्बन्ध पनि राम्रो हुन्छ, सधैँ विमान चालक अभाव भनेर उम्कन पाइँदैन धेरै पाइलट उत्पादन गर्ने गरी त्यस अनुरुपको तालीम लगायतका कार्यक्रम प्रभावकारी रुपमा लैजानुपर्छ,” मन्त्री अधिकारीले भन्नुभयो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले नयाँ विमानबाट आन्तरिक उडानलाई प्रभावकारी बनाइने बताउनुभयो ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले निगमका सकेसम्म तीन महिनाभित्रै सबै विमान उडानको व्यवस्थापन गरिने र हालकै गन्तव्यमा उडान भर्ने योजना सुनाउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नयाँ विमान उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com