ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमको जग्गा खरिदमा घोटाला भएको ठहर


admin

काठमाडौं, २० साउन । इन्धन भण्डारणका लागि जग्गा खरिदको क्रममा आयल निगमले करोडौं घोटाला गरेको तथ्य लुक्ने अवस्था छैन । आयल निगम भने अनेकौ वहाना गरेर घोटाला नभएको पुष्टी गर्न लागि परेको छ । तर, कुनै पनि कोणबाट घोटाला नभएको पुष्टी हुन सक्दैन ।

करोडौं घोटाला भएको तथ्य बाहिरिएपछि बिहिबार निगमले पत्रकार सम्मेलन नै गरेर घोटाला नभएको भन्न पछि परेन । तर, निगमको स्पष्टीकरणमा कोही पनि विश्वस्त हुन सकेका छैनन् । यो घोटाला प्रकरण संसदीय समितिहरुले समेत हेरिरहेका छन् । निगमको भनाइ आएपछि शुक्रवार बसेको लेखा समितिको बैठकले त करोडौं घोटाला भएको ठहर समेत गरिसकेको छ । समितिले विस्तृत छानविन गर्न अख्तियारलाई निर्देशन समेत दिइसकेको छ ।

इन्धन भण्डारणका लागि जमिन खरिद गर्ने क्रममा आयल निगमका ठूला कर्मचारीले करोडौं घोटाला गरेको तथ्य बाहिरिएपछि यो प्रकरणलाई संसदीय समितिहरुले समेत मिहिन रुपमा हेरिरहेका छन् । यो प्रकरणलाई नजिकबाट नियाली रहेको सार्वजनिक लेखा समितिले त आयल निगमको जग्गा खरिद प्रक्रियामा करोडौं घोटाला भएको ठहर नै गरिसकेको छ ।

शुक्रबार बसेको समितिको बैठकले जग्गा खरिदको क्रममा आर्थिक अनियमितता भएको ठहर गर्दै यसको विस्तृत छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन नै दिएको छ । समितिका सभापति डोरप्रसाद उपाध्यायले जग्गा खरिद प्रक्रियामा विभिन्न त्रुटी भएकाले अख्तियारलाई छानविन गर्न निर्देशन दिएको बताए । जग्गा खरिद प्रक्रियामा अपनाइएका विधि, प्रक्रिया र मूल्यको सम्बन्धमा गम्भीर समस्या देखिएकाले यस विषयमा विस्तृत छानविन गरेर आवश्यक कारवाही गर्न अख्तियारलाई निर्देशन दिइएको हो ।

बैठकले आयल निगमबारे हुने छानवीनको प्रगति हरेक महिना समितिलाई उपलब्ध गराउन समेत अख्तियारलाई निर्देशन दिएको छ । निगमले जमिन खरिद गर्नका लागि जग्गा प्राप्ति ऐन २०३४ प्रयोग गर्नुपर्ने थियो । तर, जग्गा प्राप्ति ऐन मार्फत खरिद गर्दा घोटाला गर्न नपाइने भएकाले निगमले सार्वजनिक खरिद ऐन मार्फत चारै स्थानमा जमिन खरिद गरेको देखिन्छ । लेखा समितिले पनि घोटाला गर्ने उद्देश्यले नै सार्वजनक खरिद ऐन प्रयोग गरिएको ठहर गरेको छ ।

समितिको बैठकमा आपूर्ति मन्त्री शिवकुमार मण्डल पनि सहभागी थिए । मन्त्री मण्डलले जग्गा खरिद प्रकरणमा अनियमितता भएको पुष्टि भए कडा कार्वाही गर्ने चेतावनी दिए । मन्त्री मण्डलले संसदीय समितिहरुले दिएको निर्देशनभित्र रहेर आयल निगमभित्र अनियमितता भएको पाइए कानुन अनुसार कार्वाही गर्न आफूले एक मिनेट पनि ढिलाई नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

खरिद गरिएको जग्गा वास्तविक जग्गाधनीहरूसंग खरिद नगरी ऐजेन्टहरूसंग बोलपत्रको माध्यमबाट खरिद गरेको र खरिद गरेका जग्गाका सरकारी दररेटभन्दा तेब्बर बढी देखिएकाले प्रक्रियागत रूपमा गम्भीर समस्या देखिएको लेखा समितिको निष्कर्ष छ । तर, निगमले भने सबै प्रकृया पुरा गरेर जमिन खरिद गरेको दावी गरिरहेको छ ।

बिहिबारको पत्रकार सम्मेलनमा निगमले तत्कालिन स्थानीय निकायले दिएको दरमै जमिन खरिद गरेको दावी गरेको छ । तर, स्थानीय निकायबाटै आएको दररेटलाई आधार मानेर जमिन खरिद गएको निगमको भनाइमा कुनै सत्यता भेटिन्न । किनकी, देशभरको जमिनलाई सरकारले समेत मुल्य निर्धारण गरेको हुन्छ । स्थानीय निकायले रदरेट पठाउँदा चलनचल्तीको दर रेटलाई समेत आधार मानेर पठाउने गरेको छ ।

निगमको पछिल्लो भनाइलाई आधार मान्दा निगमका भ्रष्ट कर्मचारी आफ्नो कर्तुत लुकाउन तत्कालिन स्थानीय निकायलाई दोषी देखाउने प्रयास गरेका छन् । तर, स्थानीय निकायलाई दोषी देखाएर आफु उम्कने निगमका भ्रष्ट कर्मचारीको योजना सफल हुन त्यति सहज चाहि छैन ।

भनिन्छ– पैसा देखेपछि महादेवको पनि तीन नेत्र बल्छ । इन्धन भण्डारण केन्द्र स्थापनाका लागि जग्गा खरिदको क्रम सुरु भएपछि आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काको पनि तीनै नेत्र बल्यो । त्यसैले, चारै ठाउँमा जमिन खरिद गर्दा खड्काकै नेतृत्वमा करोडौ घोटाला भएको छ । यतिखेर शक्ति केन्द्रकै भरमा गोपालबहादुर खड्का आफ्नो कर्तुत छोप्न लागि परेका छन् । तर, अब भने जस्तोसुकै शक्तिको साथ मिले पनि घोटाला प्रकरणबाट गोपालबहादुर खड्का उम्कने सक्ने अवस्था छैन । तर, हाम्रो देशमा ठूला–ठूला अपराध गरेकाहरुले पनि उन्मुक्ति पाउने गरेको गलत नजिर छ । कतै, गोपालबहादुर खड्काको पक्षमा पनि तिनै नजिरले काम त गर्ने होइन ? भन्ने आशंका पनि उब्जने गरेको छ । आशा गरौं, प्रकृया मिलाएर करोडौं घोटाला गर्नेहरुलाई कानुनी कठघरामा उभ्याइने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com