ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रेक थ्रुभित्रको पानी राजनीति : धकेलिन सक्छ मेलम्ची सपना (भिडियोसहित)


admin

२०५१ सालको संसदीय चुनावताका कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा भाषण गर्दा भन्ने गर्थे, ‘मैले चुनाव जिते मेलम्चीको पानी काठमाडौं ल्याएर यहाँको फोहोर सडक सफा गर्छु ।’ काठमाडौंमा यस्ता धेरै नेताहरु निस्किए, जसले मेलम्चीलाई काठमाडौंबासीको सपना बनाइदिए । दुई दशकभन्दा अघिदेखिको मेलम्ची सपना अहिलेसम्म पनि सपनामै रहेको छ । यो बीचमा मेलम्चीमा दैनिक करोडौं लिटर पानी बगिरहेको छ । काठमाडौंबासीलाई सपनाबाट ब्यूंझिन दिइएको छैन । मलेम्ची खानेपानी आयोजना यस्तो आयोजना बनेको छ, जसले यो देशको विकास निर्माणको प्रक्रियालाई प्रतिनिधित्व गरेको छ । विकास निर्माणमा कसरी ढिलाई गरिन्छ भन्ने गतिलो उदाहरण यही आयोजना बनेको छ । मेलम्ची आयोजनाको महत्वपूर्ण काम सुरुङ खन्नु थियो, यो काममा बल्ल ब्रेक थ्रु भएको छ । सुरुङ खोलिएसँगै अब पानी पाउने आशा बढेको छ । तर, बाँकी रहेका थोरै तर संवेदनशील काम पुरा नभएमा भने दशैंमा पानी आउनसक्ने छैन ।

ब्रेक थ्रु
चैत २९ गते उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री विना थापा मगर, खानेपानी मन्त्रालयका सचिब कृष्णराज बीसी, एसियाली बैंकका निर्देशक हुम किम, मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटा अन्तिम ‘ब्रेक थ्रु’मा सामेल भए । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थु्र गरियो । ब्रेक थु्रको औपचारिक घोषणा कार्यक्रममा उपस्थित खानेपानीमन्त्री बिना मगरले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने अन्तिम चरणमा पुगेको भन्दै काठमाडौंबासीले मेलम्चीको खानेपानी पाउने सुनिश्चितता भएको बताइन ।

लामो प्रतिक्षापछि करिब करिब मेलम्चीको पानी काठमाडौबासीले पाउने सुनिश्चितता बढ्दै भएको छ । तर मेलम्चीको पानी दशैअघि ल्याउने सरकारको तयारीमा भने प्रश्नचिन्ह अझै पनि बांकी नै छन् । काममा अलिकति पनि ढिलासुस्ति भएमा पानी समयमै नआइपुग्ने सम्भावना पनि उत्तिकै बढ्दो छ । किनकी, यसको संकेत सिन्धुपाञ्चोक मेलम्ची क्षेत्रबाटै प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका कानुनमन्त्री बनेका शेरबहादुर तामाङले पानी दिएपछि काठमाडौले मेलम्चीको लागि पैचो तिर्नुपर्ने संकेत गरिसकेका छन् । मेलम्चीबासीले छोरीचेलीको रुपमा पालेको पानीलाई काठमाडौ पठाउन लागेको भन्दै सिन्धुपाल्चोकलाई समेत काठमाडौबाट पनि केही दिनुपर्ने स्पष्ट संकेत गरे ।

मेलम्चीलाई व्यवास्ता गरेमा पानीमवा अवरोध हुनसक्ने संकेत थियो त्यो । किनकी, पहिलो प्राकृतिक स्रोतको पहिलो अधिकारलाई मेलम्चीले त्याग गरेको थियो देशको राजधानीका लागि ।

यो, बहुचर्चित आयोजनको कुलको खर्चमा २० प्रतिशत नेपाल सरकारले लगानी गरेको छ । बांकी ८० प्रतिशत लगानी एसियाली विकास बैंक (एडिबी) रहको छ । २०५५ सालबाट औपचारीक रुपमा सुरु गरिएको मेलम्ची खानेपानी आयोजना पुरा हुनका लागि यौटा पुस्ताले पुरै युवावस्थाबाट बुढ्यौली पार गर्नुपर्नेमा पुगेको छ ।

बेला बेलामा बिबिध कारणले रोकिदै चल्दै रोकिंदै, चल्दै कछुवा गतिमा अघि बढेको यो आयोजनाको मुख्य काम सुरुङ खनेर सकिएको छ । तर, अझै सुरुङ भित्रको व्यवस्थापन, ड्याम निमार्ण, काठमाडौमा बिछ्याइएको पानीको पाइपहरु, स्थानीयलाई दिने भनिएको रोयल्टी लगायतको बिषय पुरा गर्न भने बाकी नै छ । करिब ५ महिनाको समय अघि नै मेलम्ची खानेपानी काठमाडौ ल्याउनका लागि तिब्र गतिमा यी महत्वपूर्ण काम नगर्ने हो भने फेरी पनि समय घर्किने पक्का छ । एडीबीका प्रमुख हुम कीनले बिनासकारी भूकम्प, नाकाबँन्दीका कारणका वावजुत सरकार र स्थानीयबासीको सहयोगमा आयोजना पुरा हुने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरेका छन् ।

मेलम्ची खानोपानी आयोजनाको २६ किलोमिटर लामो मुख्य सुरुङको निमार्ण सकिएसंगै अबको केही महिनापछि दैनिक १७ करोड लिटर पानी काठमाडौ भित्रिने छ । यससंगै आयोजनाको दोस्रो चरणमा ¥याङग्री र लार्के नदीबाट दैनिक १७÷१७ लिटर ३४ करोड लिटर खानेपानी थप गर्ने कार्यको प्रबिवेदन समेत अघि बढाईएको छ । दोस्रो चरणमा ल्याउने पानीको लागि एडिबीले पुनः सहयोग गर्ने प्रतिवद्धता समेत गरेको छ ।

विकास र समृद्धिको नारा दिएर बनेको वर्तमान सरकारले पनि केही निश्चित काम पुरा गरेन भने राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको काम फेरि पनि लम्बिने निश्चिछ छ । दशै अगावै उपत्यकाका जनतालाई मेलम्चीको पानी उपलब्ध गराउने बताएपनि अझै ढुक्क हुने अवस्था त छैन, तर चैत २९ मा सिन्धु–ग्याल्थुम खण्ड ७ दशमलव ५ किलोमिटर को ब्रेक थ्रु भएपछि भने आशाका किरणहरु बढेका छन् । ब्र्रे थ्रु संगै २६ किलोमिटर लामो सुरुंग खन्ने कार्य सम्पन्न भएपनि हेडवर्क्सको मुख्य संरचना, भेण्ट साफ्ट तथा सुरुङको फाईनल फिनिसिङ गर्ने कार्यहरु बा“कि नै रहेको छ । बाकी रहेका काम ५ महिनामा मेलम्ची आयोजनाले तिब्र गतिमा काम नगर्ने हो भने काठमाडौमा दशै अघि आउने भनेको पानी मेलम्चीमै बग्ने निश्चित छ ।

इतिहास
विभिन्न दातृ निकायहरु संगको सहकार्यमा आयोजनाको निर्माणमा लगानी जुटाउने गरि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना भए पश्चात आयोजनाको बिस्तृत अध्ययन, जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण र आयोजनाका मुख्य संरचनाहरुको निर्माण सुरु गरियो । १० वर्षपछि २०६५ आईपुग्दासम्म, खास गरी, प्रवेश मार्गको निर्माण मुआब्जा तथा क्षतिपूर्ती वितरण पुर्नवास कार्यक्रम र आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्थानका कार्यक्रम मात्र सकिएको थियो । यस्तै दातृ निकायहरुमा समेत मेलम्ची खानेपानीका लागि लामो समय बहसमै बित्यो ।

२०६५ मा नेपाल सरकारवाट दातृ निकाय एडीबीका सर्त अनुसार आयोजनाको पुनसंरचना गरेपछि आयोजनाले गति लियो । हेडवर्क्स तथा सुरुङ्ग निर्माण कार्यमा खरिद प्रकृयाका विविध पाटामा सहमति भएपछि मेलम्ची खानेपानी आयोजना अघि बढ्यो ।

२०६६ मा हेडवक्र्स तथा सुरुङ निर्माण कार्यको ग्लोबल टेन्डर प्रकृया सुरु भयो । २०६७ मा चिनिया ठेकेदार कम्पनी सीआरसीसीले ठेक्का पायो । तर ३ वर्षमा ६ दशमलव ५ किलोमिटर मात्र काम भएपछि समयमै काम नसकेको भन्दै २०६९ मा सीआरसीसीसंग सम्झौता रद्ध भयो । वा“कि रहेको निर्माण कार्यको लागि नया“ खरिद प्रकृयामा सुरु गर्नै करिव ९ महिना समय बित्यो । २०७० मा नया“ निर्माण व्यवसायी इटलीको सिएमसी दी रिभनाले ठेक्का पायो । २०७१ बाट सुरुङ निर्माणको काम फेरि सुरु भयो । ५ दशमलब १ किलोमिटर खनिसकेपछि २०७२ बैशाखमा गएको विनाशकारी भुकम्पका कारण मेलम्ची खानेपानी आयोजनाको काममा लगभग एक वर्ष फेरी अवरोध भयो ।

२०७३ मा सुन्दरिजल–सिन्धू खण्ड ९ दशमलव ४ किलोमिटरको पहिलो ब्रेक थ्रु भयो । २०७४ मंसिरमा ग्याल्थुम–अम्बथान खण्डको ८ दशमलव २ किलोमिटरको दोस्रो ब्रेक थ्रु भयो । र, २०७४ चैत २९ गते सिन्धु– ग्याल्थुम ७ दशमलव ५ किलोमिटरको अन्तिम ब्रेक थ्रु भएपछि अब सुुरुङ खन्ने काम सकिएको छ । मेलम्चीका लागि सुरुङ खन्ने काम नै अति महत्वको चुनौतिपूर्ण काम थियो । अहिलेसम्म निर्माण सम्झौताको कुल भौतिक प्रगति ८४ प्रतिशत सकिएको छ । वित्तीय प्रगति ८० प्रतिशत भएको छ । कुल अनुमानित रकम २७ अर्व ७६ करोड मध्येको २४ अर्व २२ करोड खर्च भइसकेको छ । अब करिब तीन अर्बको काम मात्र बांकी छ । र, यही तीन अर्बको कामलाई मेहनतका साथ गरिएमा काठमाडौंबासीको पानी खाने सपनालाई साकार पार्नेछ ।

अवरोध बाँकी नै
मेलम्ची क्षेत्रको प्रतिनिधित्व गर्ने कानुनमन्त्री शेरबहादुर तामाङको भनाइलाई नजरअन्दाज गरियो भने दशैंमा मेलम्चीको पानी काठमाडौं नआउने निश्चित छ । केही महिना अघि मात्र मेलम्चीबाट विजयी भएका मन्त्री तामाङले त्यस क्षेत्रका जनताको आशयलाई कुटनीतिक ढंगले व्यक्त गरेका थिए, उपराष्ट्रपति र खानेपानी मन्त्रीका अगाडि । मन्त्री तामाङले भने जस्तै, मेलम्चीबासीले आफ्नो पहिलो अकअधिकार काठमाडौंबासीका लागि बुझाएवापत उनीहरुका लागि केही त दिनैपर्छ काठमाडौंले । पहिला गरिएका वाचाहरु पुरा गरिएनन् भने जनताको मन त स्वभाविकै कुंढिन्छ नै, स्थानीय जनतामा यही मेलम्चीलाई लिएर राजनीतिकरण पनि सुरु हुन्छ । र, यो संकेत देखिइसकेको पनि छ । मेलम्चीको पानीलाई काठमाडौ जान दिने की नदिने भनेर पानीमाथि राजनीति सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनामध्ये पहिलो पटक पुरा हुने आयोजना बन्ने देखिए पनि स्थानीय समितिले आफनो मागलाई व्यवस्था गरे ५ वर्ष अझै काठमाडौ पानी पुग्न नदिने चेतावनी दिएको छ ।

आयोजना २६ किलोमिटर सुरुङ निमार्ण सकिएपछि सुरुङमार्गमार्फत सुन्दरी जलसम्म पानी ल्याउनुको साथै काठमाडौ पठाउने काम बाँकी छ । तर स्थानीय समितिको साथै सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा विजयी भएर मन्त्री भएको शेरबहादुर तामाङले समेत स्थानीयलाई व्यवस्था गरे मेलम्चीको पानी काठमाडौ नपुग्ने बताउँछन् ।

पक्कै पनि, मेलम्चीको पानी काठमाडौ ल्याउनका लागि स्थानीय जनताको ठुलो सहयोग र साथ आवश्यक छ । र, त्यो साथ त्यतिबेला मिल्छ, जतिबेला स्थानीयका जायज मागको सम्बोधन हुन्छ । मेलम्चीमै निर्भर माझी समुदायको रोजिरोटीको ग्यारेन्टी हुनुपर्छ । मेलम्ची क्षेत्रमा स्वयं खानेपानी र सिंचाईंको अभाव छ । त्यसका लागि विकल्पहरु त खोजिन नै पर्छ । अनिमात्र राष्ट्रिय राजधानीका लागि मेलम्चीको सहयोग निरन्तर रहिरहन सक्छ । पानी काठमाडौंमा पठाएपछि मेलम्ची खानेपानी आयोजनाले काठमाडौंबासीसंगबाट लिने शुल्कबाट मेलम्चीले रोयल्टीको माग गर्नुलाई पनि अन्यथा मान्नै सकिंदैन । तर, अहिलेसम्म रोयल्टी नदिएको भन्दै स्थानीयले आक्रोस पोख्न थालेका छन् ।

यता, काठमाडौंमा मेलम्चीको पानी आउने सपनाकै कारण सडकहरु खनिएका छन्, भत्काइएका छन् । बुङ्बुङ्ती धुलो उडाइएको छ । तर, पनि पानी पाउने आशामा काठमाडौं शान्त छ । स्थानीयले पानी नदिने बतँइरहदा काठमाडौबासीले मेलम्चीको नाममा कति धुलो खानुपर्ने हो निश्चित छैन । मेलम्चीको पाइपका सडकहरु दुई तीन पटक भत्काउने र बनाउने भइरहेको काठमाडौंका सडकको हालतले लज्जित हुनुपर्ने अवस्था रहेको सडक विभागले जनाएको छ ।

२० वर्ष अघि काठमाडौमा मेलम्चीको पानीले पुग्ने अध्ययन गरिएको थियो तर अहिले अवस्था फरक भइसकेको छ । मेलम्चीमा पानीको बहाव घट्ने थालेको छ भने उपत्यकामा जनसंख्या दिनप्रतिदिन बढिरहेको छ । यसले गर्दा लामो समय पर्खेर मेलम्चीकै पानी कुरिरहेका उपत्यकाबासीले मेलम्ची आएपनि प्रयाप्त पानी उपभोग गर्न पाउने छैनन् ।

महालेखापरीक्षक कार्यलयले भर्खरै मात्र जारी गरेको प्रतिवेदनमा मेलम्ची आयोजनामामा व्यापक अतिनियता भएको प्रमाणिसहित टिप्पणी गरेको छ । ठेकेदार कम्पनीले विभिन्न कारले गर्दा निर्माणमा भेरिएसन भएको भन्दै थप एकअर्ब भन्दा बढी रकम माग गरेको छ । माग पुरा नभए सुरुङ खनिसकेपछिको काम मसिन्याउन अप्ठ्यारो हुने चेतावनी दिएको छ ।

यस्ता, कैयौं अवरोधहरुलाई समयमै निप्टारा लगाउन नसके मेलम्चीको पानी दशैं अगावै काठमाडौंबासीलाई खुवाउने सरकारी योजनाले हावा खानेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

प्युठान, ६ जेठ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

गुल्मी, ६ जेठ । दशकौंदेखि नेकपा एमालेको गढको रुपमा परिचत रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवाली विजयी भएका छन् । ज्ञवाली

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं, ६ जेठ । नेकपा एमालेले बारास्थित कलैया उपमहानगरपालिकाको मेयर–उपमेयर दुवै पदमा विजय हाँसिल गरेको छ।सत्तारुढ चार दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले २०७४ को

सम्बन्धित

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

६ सय ४८ पालिकाको मत परिणाम : कांग्रेस २ सय ९१, एमाले १ सय ७९ र माओवादी १ सय १२ वटामा विजयी

मतपेटिका लुटेर भागेका बैठा पक्राउ : यस्तो छ उनको विगत

एमाले ओलीको आयोजित सभामा भीड, नतिजा भने शून्य एमाले

भरतपुरमा रेनु दाहाल ३ हजार १ सय ८१ मतले अगाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...