ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोडौं घोटालाका कमाण्डर गोपालबहादुर खड्का को हुन ?


admin

काठमाडौं, १९ साउन । आयल निगमको जग्गा खरिद प्रकरणमा सबैभन्दा बढी निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काको भूमिका देखिन्छ । निगमको प्रमुख भएका हैसियतले स्वभाविक रुउमा खड्काको भूमिका बढी हुन्छ । बढी भूमिका राम्रो कामका लागि आवश्यक थियो । तर, प्रवन्ध निर्देशक खड्काको बढी भूमिका नराम्रो काममा देखियो । अहिलेसम्मको अध्ययनले भन्छ : दलला मार्फत सस्तोमा जमिन किनेर आयल निगमलाई महंगोमा बिक्रि गराउने मुख्य गिरोह प्रवन्ध निर्देशक खड्का नै हुन । आयल निगमले जग्गा खरिदका लागि बोलपत्र आह्वान नै नगरी जग्गा दलालले निगमको लागि भन्दै जमिन खरिद गर्न र पछि त्यही जमिन निगमले खरिद गर्नुले यो कुरा प्रष्ट पारिसकेको छ । आखिर को हुन त करोडौं घोटालाका योजनाकार गोपालबहादुर खड्का ?

गोपालबहादुर खड्का, प्रमुख, आयल निगम

को हुन गोपालबहादुर खड्का ?
हाल नेपाल आयल निगमका प्रवन्ध निर्देशक रहेका गोपालबहादुर खड्का सिन्धुलीको खाङसाङ सोल्पामा जन्मिएका हुन । हाल उनी घट्टकुलो काठमाडौंका स्थायी वासिन्दा हुन । भारतबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरेका खड्काले पोखरा विश्वविद्यालयबाट कन्स्ट्रक्सन मेनेजमेन्टमा स्नातकोत्तर गरेका छन् । खड्काले विक्रम संवत् २०४७ बाट सडक विभागमा इञ्जिनियरको रुपमा जागिर सुरु गरेका हुन । उनले २०६१ सालसम्म इञ्जिनियरकै रुपमा सडक डिभिजनमा काम गरेका थिए । त्यसपछि उनले २०६७ साल देखी २०७० सालसम्म सडक डिभिजन कार्यालय काडमाडौको प्रमुखको रुपमा काम गरे । सडक डिभिजन कार्यालय काठमाडौंमा काम गर्दासम्म गोपालबहादुर खड्काको छवि राम्रै थियो । उनीसँगै काम गरेकाहरु समेत डिभिजन प्रमुख हुँदासम्म उनले राम्रो कार्यसम्पादन गर्ने गरेको बताउँछन् । उनी २०७१ माघ १४ गते नेपाल आयल निगमको प्रमुख नियुक्त भएका हुन । आयल निगमको प्रमुख नियुक्त भएपछि उनका हरेक काम विवादको विषय बन्न पुग्यो ।

लोकमानसँगको सम्बन्धले निगम प्रमुख

लोकमासिंह कार्की, निलम्बित अख्तियार प्रमुख

बर्खास्तमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की र गोपालबहादुर खड्काबीच ज्वाई जेठानको सम्बन्ध छ । पारिवारिक सम्बन्ध जोडिएकाले लोकमान र गोपालबहादुर नजिक हुने स्वाभाविक थियो । सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा आपूर्ति मन्त्री भएका बेला गोपालबहादुर खड्का आयल निगमको प्रमुख बनाइए । आयल निगम छिरेपछि गोपालबहादुर पनि लोकमान जस्तै भ्रष्ट बने । लोकमानकै आडमा गोपालबहादुरले संसदको निर्देशन पनि अवज्ञा गर्दै नाकावन्दीका बेला बिराटनगरको विराट आयललाई पेट्रोल आयात गर्ने अनुमति मात्र दिएनन्, तेल ल्याएर महंगो मूल्यमा कालोबजारी गर्ने छुट दिए । यससँगै बढेको उनको उन्माद आयल निगमका लागि जग्गा खरिद प्रकरणमा छताछुल्ल भएको छ ।

लोकमानको बलमा अख्तियारमा दादागिरि
जुन बेला लोकमानसिंह कार्की अख्तियार प्रमुख थिए त्यसै बेला गोपालबहादुर खड्का आयल निगमको प्रमुख बनिसकेका थिए । भारतले नाकाबन्दी गरेको बेला खड्काले लोकमानकै बलमा इन्धन बितरणमा लाखौं घोटाला गर्न भ्याए । जुन समय खड्काले इन्धन वितरणको क्रममा घोटाला गरेको भन्दै अख्तियारले अनुसन्धान सुरु गरेको थियो । त्यो समय खड्का दर्जनौ पटक अख्तियार पुगेका थिए । खड्काले अख्तियार पुगेर लोकमानकै बलमा मलाई अनुसन्धान गर्ने तिमी को हौ भन्दै भन्दै आयुक्त र अनुसन्धान अधिकृतहरुलाई थर्काएको बिषय पहिले नै सार्वजनिक भइसकेको छ ।

लोकमानकै बलमा मनपरी कर्मचारी बढुवा
लोकमानको साथ पाएपछि आफुलाई शक्तिशाली महसुस गरेका गोपालबहादुर खड्काले नियमविपरीत कर्मचारी बढुवा समेत गर्न भ्याए । लोकमान शक्तिमै रहेको बेला उनले, लोकसेवा आयोगको मापदण्डविपरीत र निगम सञ्चालक समितिलाई थाहै नदिई १४ जना कर्मचारीको बढुवा गरेका थिए । लोकमान र आफ्नो पक्षमा रहेकालाई उनले बढुवा गरेका थिए । कर्मचारी बढुवा गर्नुभन्दा अगाडी खड्कालाई लोकसेवा आयोग र अख्तियारले मापदण्ड बनाएर मात्र कर्मचारीको बढुवा गर्न निर्देशन दिएको थियो । तर, खड्काले लोकमानकै बलमा बिना मापदण्ड कर्मचारीको बढुवा गरिदिए ।

दीप बस्न्यात, अख्तियार प्रमुख

गोपाललाई नयाँ अख्तियार प्रमुखको बल
लोकमान सिंह कार्की निलम्बनका परेपछि अख्तियार प्रमुख बन्ने अवसर दीप बस्न्यातलाई मिल्यो । खड्कालाई “घीउ पोखियो कहाँ, दालमा” भने झैं भयो । गोपालबहादुर खड्का दीप बस्न्यातका सम्धी हुन् । आफ्नै सम्धि अख्तियार प्रमुख भएपछि गोपालबहादुर खड्कालाई झनै आँट् मिल्यो । यतिखेर उनी, अख्तियार प्रमुखकै बलमा करोडौंको घोटाला गर्न अग्रसर छन् । इन्धन भण्डारणका लागि चार ठाउँमा जमिन खरिद गर्दा करोडौं घोटाला भएको प्रशस्त प्रमाण सार्वजनिक भइसकेको छ । तर, प्रवन्ध निर्देशक खड्का भने सबै प्रकृया पुरा गरेर जग्गा खरिद गरिएकाले कुनै पनि पक्षबाट घोटाला नभएको दावी गर्छन् । प्रवन्ध निर्देशक खड्का कुनै पनि पक्षबाट घोटाला नभएको भनिरहेतापनि अहिलेसम्म सार्वजनिक भएको प्रमाणहरुले करोडौं घोटाला भएको लुक्न सक्दैन । तर, गोपालबहादुर खड्कालाई अझै पनि अख्तियारले फन्दामा पार्न सकेको छैन । गएको मंगलबार खड्कालाई पक्राउ गर्न अख्तियारको टोली आयल निगम पुगिसकेको थियो । तर, पक्राउ गर्न आयल निगम पुगेका टोलीलाई एक अज्ञात फोन आयो । र, गोपालबहादुर खड्का पक्राउबाट बचेका छन् । यसरी हेर्दा गोपालबहादुर खड्का सामान्य इञ्जिनियर हुँदै ठूलो गिरोहको नेतृत्व गर्नसक्ने भइसकेका छन् ।

इन्धन भण्डारण केन्द्र स्थापनाका लागि जग्गा खरिद प्रकरणमा करोडौं घोटाला भएको कोहीबाट लुक्न सक्दैन । अहिलेसम्म सार्वजनिक भएका तथ्यहरु नै करोडौंका प्रमाण हुन । जग्गा खरिदको क्रममा निगमले घोटाला गरेको कुरा सामान्य नागरिकले समेत सहजै बुझ्न सक्छन् । प्रति कठ्ठा २ लाख पनि नपर्ने जमिनलाई १५ लाख रुपैयाँ तिरेर खरिद गर्नु घोटाला हो कि होइन ? यो नाङ्गो आँखाले ठम्याउने कुरा हो । तर, गोपालबहादुर खड्का प्रकृया मिलाएर घोटाला गर्न माहिर छन भन्ने कुरा जग्गा खरिदमा भएको घोटाला प्रकरणले पुष्टि गरेको छ । नियम अनुसार, सरकारको स्वामित्वमा रहेको निगमका लागि जग्गा खरीद गर्दा जग्गा प्राप्ति ऐन प्रयोग हुनुपर्ने थियो । तर, घोटाला गर्न दलालसँग सेटिङ गरिसकेका खड्काले सार्वजनिक खरिद ऐन प्रयोग गरेर करोडौ घोटाला गरेका छन् । यद्यपि, घोटाला प्रकण अनुसन्धानको क्रममा छ । आशा गरौं, घोटाला गर्नेकै पक्षमा अनुसन्धानको रिपोर्ट बन्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com