ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री ज्ञवाली वाङ हीको निमन्त्रणामा चीन जाँदै


एबीसी न्यूज
बैशाख ३, २०७५ सोमबार   ११ : १३   बजे

काठमाडौं,३ वैशाख । आज सोमवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ६ दिने भ्रमणका चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायत विषयमा छलफलका लागि उहाँ चीन प्रस्थान गर्न लाग्नुभएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ हीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङमा रहँदा चीनका नेताहरु तथा चिनीया विदेशमन्त्री वाङसँग छलफल गर्नुहुनेछ । प्रधानमन्त्री भएपछि भारतबाट विदेश भ्रमणको शुरुवात गरेका प्रधानमन्त्री ओलीले वैशाखभित्रै चीनको भ्रमण गर्ने गृहकार्य गरिरहनुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा प्रधानमन्त्रीको चीन भ्रमणको तयारीकासाथै नेपाल र चीनबीच यसअघि भएका सम्झौता र विकास आयोजनामा साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा यसअघि गरेको चीन भ्रमणका क्रममा दुई देशबीच भएको पारवहन सम्झौता, बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना (बीआरआई) लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसका साथै प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा दुई देशबीच केके विषयमा सहमति र सम्झौता गर्न सकिन्छ भन्नेबारेमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले चीनमा छलफल गर्नुहुनेछ ।

पारवाहनलगायत नेपालसँग गरेका विभिन्न सम्झौतालाई कार्यान्वयन गर्न चीनले ध्यान नदिएको नेपालले गुनासो गर्ने गरेको छ तर बीआरआईमा नेपालले हस्ताक्षरको औपचारिकतामात्र पुरा गरेको चीनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group