ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री ज्ञवाली वाङ हीको निमन्त्रणामा चीन जाँदै


एबीसी न्यूज

काठमाडौं,३ वैशाख । आज सोमवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ६ दिने भ्रमणका चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायत विषयमा छलफलका लागि उहाँ चीन प्रस्थान गर्न लाग्नुभएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ हीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङमा रहँदा चीनका नेताहरु तथा चिनीया विदेशमन्त्री वाङसँग छलफल गर्नुहुनेछ । प्रधानमन्त्री भएपछि भारतबाट विदेश भ्रमणको शुरुवात गरेका प्रधानमन्त्री ओलीले वैशाखभित्रै चीनको भ्रमण गर्ने गृहकार्य गरिरहनुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा प्रधानमन्त्रीको चीन भ्रमणको तयारीकासाथै नेपाल र चीनबीच यसअघि भएका सम्झौता र विकास आयोजनामा साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा यसअघि गरेको चीन भ्रमणका क्रममा दुई देशबीच भएको पारवहन सम्झौता, बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना (बीआरआई) लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसका साथै प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा दुई देशबीच केके विषयमा सहमति र सम्झौता गर्न सकिन्छ भन्नेबारेमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले चीनमा छलफल गर्नुहुनेछ ।

पारवाहनलगायत नेपालसँग गरेका विभिन्न सम्झौतालाई कार्यान्वयन गर्न चीनले ध्यान नदिएको नेपालले गुनासो गर्ने गरेको छ तर बीआरआईमा नेपालले हस्ताक्षरको औपचारिकतामात्र पुरा गरेको चीनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com