ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनकामना मन्दिर क्षेत्र लुटी खाने भाँडो भएको स्थानीय भक्तजनको गुनासो


admin

गोरखा, २ वैशाख ।  मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ ।

गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् ।

मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र विकास समिति गठन भयो । समितिले मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन गरेका प्रयास सफल हुन नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटा बताउनुहुन्छ ।

“सरकारअन्तर्गतको समितिभन्दा यहाँका व्यापारी बलिया छन्, समितिभन्दा पुजारी बलिया छन्, मन्दिरको भेटीघाटी पारदर्शी हुन सकेको छैन, मन्दिर जीर्णोद्धारका लागि विसं २०६८ मा गठन भएको समितिले स्थानीयवासीको सहयोग नपाउँदा अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन, मन्दिर जीर्णोद्धार अलपत्र छ”, उहाँ भन्नुहुन्छ ।

मन्दिर प्रवेश गर्दा लाग्छ यो कुनै देवस्थलभन्दा पनि व्यापारिक केन्द्र हो । मन्दिरको जग्गासमेत कब्जा गरेर स्थानीयवासीले होटल एवं पसल चलाएका छन् । मन्दिर वरपर अग्ला अग्ला भवन निर्माण भएका छन् । पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण मन्दिर रहेको स्थान वरपर मापदण्ड विपरीत घर बनेको समितिले जनाएको छ ।

मन्दिर व्यवस्थित बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगअदालत र सम्बद्ध मन्त्रालयका पदाधिकारीसम्म पुग्दा पनि केही हुन नसकेको कार्यकारी निर्देशक सापकोटाको गुनासो छ ।

मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईले केही गर्न खोजे पनि सरुवा भएकाले काम हुन नसकेको उहाँको भनाइ छ । मनकामना क्षेत्र वरपर धेरै होटल एवं लज खुलेका छन् । मन्दिर क्षेत्रमा आउने भक्तजनलाई सेवा पु¥याउने उद्देश्यले खुलेका अधिकांश होटल दर्ता भएका छैनन् । दर्ता नभएका व्यवसायीले स्थायी लेखा (प्यान) नम्बरसमेत लिएका छैनन् । राज्यलाई करसमेत नतिरी व्यवसायीले आफूखुशी गरेको भक्तजनको गुनासो छ ।

व्यवसायीले भक्तजन होटलभित्र पस्दा एउटा मूल्य भन्ने र खाएर निस्कँदा अर्को मूल्य भनेर बढी पैसा असुल्ने गरेका छन् । चैत २९ गते बिहीबार रामायण होटल एण्ड लजका सञ्चालकले झापाका राघवेन्द्र शर्मालाई रोटी वा भात भरपेट खाएको मूल्य रु १५० बताए । खाएर पैसा तिर्न खोज्दा रु ३०० का दरले हिसाब गरेर पैसा मागे । पाँचजनाको समूहमा रहेका शर्माले कसरी भयो बिल पाउँ भनेपछि साहुले बिल छैन भन्ने जवाफ फर्काए । मनकामना क्षेत्रमा कसैले पनि बिल नदिने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ ।

रामायण शुद्ध शाकाहारी भोजनालय भनी लेखिएको होटलअघिका व्यवसायी सानु थापा भने जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको मिलेमतोमा मनकामना क्षेत्रका व्यवसायीले मनपरी मूल्य असुल्ने गरेको बताउनुहुन्छ ।

कुरिनटारबाट केबुलकारमा गएका यात्रु झरेर मन्दिरतर्फ उकालो लाग्ने बेलामा व्यवसायीले ‘पूजापछि भुजा खान आउनुस् रु १०मा’ भनेर दर्शनार्थीलाई बोलाउँछन् । सिँढीको दायाँबायाँ बस्ने होटलका कामदार ग्राहक तान्न तँछाडमछाड गरिरहेको भेटिन्छ । ‘मनकामना मन्दिरसमेत आउने तस्वीर पाँच मिनेटमा रु १०० मात्र’ फोटो स्टुडियो चलाएका व्यवसायीको आवाज यसरी घन्किन्छ मनकामना क्षेत्रमा ।

नेपाल उद्योग वाणिज्य संघ मनकामना एकाइका सचिव हरिकुमार श्रेष्ठ व्यवसायीले ग्राहक तानातान गर्ने गरेको स्वीकार्नुहुन्छ ।

“संघका तर्फबाट तानातान रोक्न, मूल्यसूची राख्न, सम्बन्धित सरकारी निकायमा दर्ता भई स्थायी लेखा नं लिएर व्यापार गर्न व्यवसायीलाई पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेका छन् जस्का कारण कति व्यवसायीसँग मुठभेड पनि भएको छ । ” उहाँ भन्नुहुन्छ ।

मनकामना मन्दिरअघि पुगेर हेर्दा लाग्छ अव्यवस्था हटेर व्यवस्थित हुने कहिले हो ? वीरगञ्जबाट आउनुभएका दर्शनार्थी मृत्युञ्जकुमार वर्णवाल मनकामना क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले ध्यान नदिएको गुनासो गर्नुुहुन्छ ।

मुलुक संघीय संरचनामा गएपछि केन्द्रका धेरै अधिकार स्थानीय सरकारमै गएको छ । मनकामना मन्दिरस्थित शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा सिसी क्यामरा राखेर मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताउनुहुन्छ ।


“मनकामना मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न साविकको मनकामना गाउँ विकास समितिले गरेका सबै निर्णय कार्यान्वयन गर्न लागेका छौँ, केबुलकारदेखि मन्दिरसम्मको बाटोलाई चार मिटरको बनाउँछौँ, दर्ता गरेर नियमसम्मत रुपमा व्यापार गर्न लगाउँछौँ”, उहाँ भन्नुुुहुन्छ ।

केबलकारको भाडा महँगो 

मनकामना दर्शन प्रालिले कुरिनटारबाट मनकामनासम्म ३.२ किलोमिटर केबलकार चढेको भाडा मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ६७५ लिने गरेको छ । यो भाडा कुनै सरकारी निकायले तोकेको होइन । मनकामना दर्शन प्रालिले नै यो भाडा तोकेको नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठको भनाइ छ ।
मनकामना दर्शन गरेर फर्कनुभएका पुरानो बानेश्वरका विमल लामिछाने केबलकारको लागतका आधारमा भाडा बढी भएको गुनासो गर्नुहुन्छ । नेपालमै पहिलो पटक २०५५ मंसिर ८ गतेदेखि कुरिनटारबाट मनकामनासम्म केबुलकार सञ्चालनमा आएको थियो । त्यो बेलादेखि नै प्रालिले नै भाडा निर्धारण गर्दै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगत दुई वर्षदेखि केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरे पनि व्यवसायीको दबाबका कारण सफल हुन सकेको छैन । काठमाडौँको चन्द्रागिरीमा केबुलकार सञ्चालन हुने भएपछि सरकारले केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरेको थियो ।


चन्द्रागिरिको केबुलकारको भाडा पनि महँगो भएको यात्रुको गुनासो छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा निर्देशिका ल्याउने तयारी गरेका बेला केबुलकारको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएकाले रोकिएको बताउनुहुन्छ ।

“तर पछि मन्त्रालयबाटै अनुमति लिनुपर्ने र सञ्चालन भने स्थानीय तहले गर्ने व्यवस्था भएकाले केबुलकारलाई व्यवस्थित गर्ने निर्देशिका ल्याउने तयारी हुँदैछ, यो निर्देशिकामा केबुलकारको भाडा निर्धारणको व्यवस्था पनि हुनेछ”, उहाँको भनाइ छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत केबुलकार चितवनबाट शुरु भई गोरखामा टुङ्गिने भएकाले व्यवस्थित गर्न नसकिएको स्वीकार्नुहुन्छ ।

“मनकामना क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास गरेका छौँ, अहिले अधिकार स्थानीय सरकारमै गएकाले गाउँपालिकाले व्यवस्थित बनाउन गर्ने काममा प्रशासनले सहयोग गर्छ, आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालय गोरखामा नभएकाले पनि व्यवसाय दर्ता भएर कर नतिर्ने समस्या छ,”, उहाँ भन्नुुहन्छ ।

प्रशासनले अनुगमन गरेका बेला व्यवसायी सुध्रने र फर्केपछि मनपरी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी बस्नेत बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com