ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने


admin

सिन्धुली, २ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ ।

कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिनुभयो ।

उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५÷१५ मिटर कायम गर्न नेपाल सरकारलाई आग्रह गरिने उहाँको भनाइ थियो ।

नगरपालिकाले यसअघि सडकको दायाँबायाँ ३१÷३१ मिटरको क्षेत्रमा जग्गा किनबेच तथा घर निर्माणमा लगाएको रोक अब १० मिटर घटेर २१ मिटरमा कायम गर्न पहल गरिने भएको छ ।

त्यस क्षेत्रमा २०७२ सालभन्दा अघि घर नक्सापास नगरी बनेका घरलाई तत्काल सम्पन्नताको प्रमाणपत्र तथा नियमित भवनको नक्सापास गराउन जग्गाधनी तथा घरधनीलाई समय प्रदान गरिने पनि नगरपालिकाले जनाएको छ । नक्सा पास नगरी बनेका घरलाई घरधनीको निवेदन, वडाको सिफारिस र घरको नक्सा लिएर ३५ दिनभित्र नगरपालिकामा आए त्यस्ता घरले सम्पन्नताको प्रमाणपत्र पाउने र निर्माण रोकिएका घर तथा नयाँ घरको नक्सा सहजै पास हुने उहाँको भनाइ थियो ।

नगरपालिकाको यो निर्णयले यस क्षेत्रका दर्जनौँ जग्गा धनीको जग्गा किनबेच, घर निर्माण हुने भएको छ । यसअघि नगरपालिकाले सडकको दायाँबायाँ ३१÷३१ मिटरका जग्गा किनबेच तथा घर निर्माण गर्न रोक लगाउँदै आएको थियो ।

बिपी राजमार्गमा पहिला १५ मिटर जग्गाको मात्र मुआब्जा पाएका जग्गा धनीहरु भएको सो क्षेत्रमा मात्र सडकको क्षेत्राधिकार दायाँबायाँ १५÷१५ मिटर र सडक सुरक्षाका लागि छ मिटर गरी २१ मिटर कायम गर्ने र अन्यन्त्रको हकमा भने नेपाल सरकारको निर्णयअनुरुप नै काम हुने उहाँको भनाइ थियो ।

नगरपालिकाले जग्गा किनबेच तथा घर नक्सा पास नगरिदिँदा दर्जनाँै भूकम्पपीडितले घर बनाउन पाएका थिएनन् । सरकारले दोस्रो किस्ताको समयावधि थप गरेकाले अब त्यस्ता लाभग्राहीले सहजताका साथ दोस्रो किस्ता लिन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com