ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हनुमानढोकादेखि स्वयम्भूसम्म पदयात्रा


admin
बैशाख २, २०७५ आईतबार  २ : ३८ बजे

काठमाडौं, २ बैशाख । काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा सुरु भएको छ ।

विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोकादेखि अर्को विश्वसम्पदा स्वयम्भूसम्मको यात्रा पैदल रुपमै गर्न सकिन्छ भन्ने सन्देश विश्वका सबै पर्यटकहरुलाई दिने उद्देश्यका साथ आईतबारबाट पदयात्रा सुरु भएको हो ।

पैदल यात्राको पहिलो दिन आईतबार हनुमानढोकादेखि स्वयम्भूसम्मका सम्पदाहरुको सफाई अभियान सम्पन्न गरिएको हो । अभियानको एक कार्यक्रमका बीच बसन्तपुरमा शुभारम्भ गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले बसन्तपुरदेखि स्वयम्भूसम्म पैदल यात्रा गरेर यस क्षेत्रलाई विश्वका पर्यटकहरुको केन्द्र बनाउन चाहेको स्पष्ट पार्नुभयो । उहाँले सम्पदाको भण्डार रहेको काठमाडौंको सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई पर्यटक उद्योगको रुपमा स्थागित गराउने योजना अन्तरगत पदयात्राको अभियान सुरु गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विश्वसुन्दर शाक्यले अभियानले नेपालको अन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अभियानबाट हनुमानढोकादेखि स्वयम्भूसम्मको अन्य सांस्कृतिक तथा धार्मिक सम्पदाहरुको परिचय विश्व समूदायले पाउने पनि बताउनुभयो ।

विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको संयोजनमा सुरु गरिएको पैदल यात्रा ६ दिनसम्म चल्नेछ । अभियान अन्तरगत भोली ३ गते विद्यार्थीहरुले पदयात्रा गर्नेछन । त्यसैगरी ४ गते विभिन्न खेलकुद अभियान संचालन गरिनेछ ।

५ गते फोटो पत्रकारहरुलाई त्यस क्षेत्र भित्रका सबै सम्पदाहरुको अवलोकन गराउने कार्यक्रम तय गरिएको छ । ६ गते हुलाक टिकट प्रर्दशनी, ७ गते चित्रकला प्रर्दशनी गरिनेछ । ८ गते अभियान समापन गरिनेछ । काठमाडौंका स्थानीय सम्पदाहरुको उचित संरक्षण गर्न पनि अभियान सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com