काठमाडौं, २ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा प्रहरीको चेकजाँचमा जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन भेटिएको छ । प्रहरीले १ करोड ४१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको
दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् ।
उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं ओर्लिएका थिए ।
बरामद सुन र उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, सिनामंगलमा पठाएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्