ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पर्दैन, मसँग आफ्नै झोला छ’


sharan sharan

बुटवल, १ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नयाँ वर्षको अवसर पारेर एक वर्षभित्र प्लास्टिक झोलामुक्त नगर बनाउने संकल्प गरेको छ ।
नगरले ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नाराका साथ नयाँ मिलचोकमा भएको कार्यक्रममा सहभागीहरुले एकसाथ ११ बुंदे प्रतिवद्धता वाचन गरेका छन् । कार्यक्रममा रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, रुपन्देही १ का प्रदेश सभा सांसद दधिराम न्यौपाने, रुपन्देहीकै अर्का सांसद बलदेव शर्मा पोखरेलले एकै स्वरमा प्लास्टिक मुक्त तिलोत्तमाको प्रतिबद्धता ब्यक्त गरेका थिए ।
तिलोत्तमा नगरपालिकाले २०७६ असारसम्म प्लास्टिक झोला र गिलास घटाउने र २०७६ साउनदेखि हटाउने लक्ष राखेको छ । आज आयोजित कार्यक्रममा सांसद घनश्याम भुसाल र नगरप्रमुख बासुदेव घिमिरेले प्लास्टिक झोलामुक्त अभियानका संयोजक केशवराज न्यौपानेलाई एक बोरा कपडाको झोला हस्तान्तरण गरेका थिए । तिलोत्तमा नगरवासीले अब बजारमा किनमेल गर्न जाँदा कपडा वा जुटको झोला लिएर जानु पर्नेछ । पसलेले प्लास्टिक झोला दिन खोजे ‘पर्दैन, मसँग आफ्नै झोला छ’ भन्नका लागि नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य घनश्याम भुसालले प्लास्टिकजन्य वस्तु वातावरणीय हिसाबले ‘डरलाग्दो विष’ भएकाले नगरपालिकाले सराहनीय अभियान थालेको बताए । नगरपालिकाले राम्रो, पवित्र र सुन्दर कार्य थालेको बताउंदै भुसालले भने, ‘नयाँ र सिर्जनात्मक काम गर्ने हो भने तिलोत्तमा मुलुककै नमूना नगरपालिका बन्न सक्छ ।’
प्रदेशसभा सांसद बलदेव शर्मा पोखरेल र दधिराम न्यौपानेले पनि अभियान अनुकरणीय रहेको भन्दै प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न नगरबासीलाई सुझाव दिए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई प्रदेशको मात्र नभई देशकै सुन्दर, व्यवस्थित र वातावरणमैत्री नमूना नगरपालिका बनाउने लक्ष्य सहित प्लास्टिकमुक्त अभियान थालिएको बताए । नगर कार्यपालिकाले फोहरमैला व्यवस्थापन कार्यविधि पारित गरिसकेको भन्दै नियम उल्लंघन गर्नेलाई एकहजारदेखि एक लाखसम्म जरिवाना गर्ने घिमिरेले बताए ।
नगरपालिकाकाले वातावरण स्वच्छ राख्ने उद्देश्यले जनसहभागितामा हरेक महिनामा दुई दिन वृहत सरसफाई अभियान, नगर सुन्दरीकरण र हरियाली प्रवर्द्धनका लागि नगरभित्र पर्ने ६ लेन सडकको दुबैतिर गार्डेनिङ अभियान र छाडा गाईगोरुमुक्त अभियान पनि चलाइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com