ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वर्षको पूर्वसन्ध्यामा रारा पुगे प्रधानमन्त्री , कर्णाली प्रदेशले माग्यो समृद्धिको बाटो ?


abc

मुगु,  ३० चैत । डोल्पालीसँगको भेटघाटसँगै त्रिपुरासुन्दरी मन्दिरको दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठूलो ताल रारामा आइपुग्नुभएको छ ।

नयाँ वर्ष वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न प्रधानमन्त्री ओली आज अपराह्न यहाँ आइपुग्नुभएको हो । उहाँले आजै डोल्पाको शे–फोक्सुण्डो र ढोरपाटन शिकार आरक्ष अवलोकन गर्नुभयो । राराताल पुग्नुभएका प्रधानमन्त्रीको रात्रिबास भने श्रीदल गुल्म रारामा हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशले आफ्नो समृद्धिका लागि प्रधानमन्त्री ओली राष्ट्रिय महत्वका योजनालाई केन्द्रले सरकारले आफ्नो योजनामा समावेश गर्न अनुरोध गरेको  छ ।

शुक्रबार कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख आतिथि बनाएर रारामा मत्रीपरिषदको बैठक बसेको होे । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठक रारामा बसेको छ । बैठकले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारसँग विभिन्न अनुरोध गरेको छ ।

बैठकले कर्णालीको प्रवद्र्धनका लागि पर्यटन प्रवद्र्धनका लागि पर्यटन प्राधिकरण बनाई योजना बनाएर अघि बढ्ने निर्णय गरेको छ ।  बैठकले सुर्खेतदेखि हिल्साको सडकखण्डलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्गका रुपमा लिएर केन्द्रीय सरकारलाई आफ्नो योजनामा समेटन् पनि अनुरोध गरिएको छ ।

भेरी करिडोर र कर्णाली करिडोरलाई पनि केन्द्रीय योजना र आफ्नो बजेटमा समावेश गरिनुपर्ने बैठकबाट प्रधामन्त्री ओलीलाई आग्रह गरिएको छ ।  सुर्खेतलाई शहरीकरण गर्ने र एकीकृत बस्ती विकासको लागि गुरुयोजना बनाउन पनि प्रदेश सरकारले निर्णय गरेको छ । 

प्रधानमन्त्री ओलीसँग प्रदेश सरकारले कर्णाली प्रदेशको उत्तरी नाका खोल्नका  लागि पनि केन्द्र सकारबाट पहल गरिदिन आग्रह गरेको छ । नाका खोल्नका लागि केन्द्र सकारले आफ्नो योजनामा समावेश गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ । हुम्लाको हिल्सा, मुगुको नाक्चे नाग्ला, डोल्पाको नाका खोल्नको लागि प्रदेश सकारले केन्द्र सरकारसँग सहयोग मागेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सम्भावना बोकेको प्रदेश भएको भन्दै प्रदेश सरकारलाई अघि बढ्न भन्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको कर्णाली प्रदेशकी प्रवक्ता सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशले जडिबुटी तथा पर्यटनबाट आफूलाई समृद्ध बनाउन सक्षम हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

दलहरु आ–आफ्नै दाबीसहित चुनावी रणनीतिमा (भिडियोसहित)

नागरिकता विधेयक : अर्धविराम, पूर्णविरामसमेत फेरबदल नगरी हुबहु पठाउछौं भन्नुले अभिभावकीय संस्थाप्रति अनादर (भिडियोसहित)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...