ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधिक घटनामा मुछिएका यी बलिउड कलाकार


admin
चैत्र ३०, २०७४ शुक्रबार  ६ : ०६ बजे

काठमाडौं, ३० चैत । केहि समय अघि कालो हरिण शिकार गरेको आरोपमा अदालतले बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गर्दै जेल चलान गर्यो । दुई दिन जेल बसेर अन्तत सलमान ५० हजार धरौटीमा रिहा भए । धरौटीमा रिहा भएका खानविरुद्ध अदालतले पाँच वर्षको जेल सजाय तोकेको थियो । बलिउडमा उनी जस्तै अन्य केहि स्टारहरु छन्, जसलाई पनि यस्तै सानाठुला अपराधिक घटनाको काण्डहरू झेल्नु परेको छ ।

सुरज पन्चोली
आदित्य पन्चोलीका अभिनेता पुत्र सूरज पन्चोलीलाई आफ्नो गर्लफ्रेण्ड अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । सुरजको बिरुद्ध धारा ३०६ अन्तर्गत मुद्धा दर्ता गरिएको थियो । सूरज १० जुन २०१३ मा यस मुद्धामा जेल पनि गएका छन् । यद्यपी पछि उनीलाई जमानत प्राप्त भयो । आरोपका अनुसार ३ जुन २०१३ मा जिया आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी दुई दिनदेखि सूरज सँग घरमै बसेकी थिइन् । त्यसै दिन बिहान आफ्नो घर फर्केकी थिइन् ।

शाहरुख खान
बर्ष २०१२ मा मुम्बईको वनखेडे स्टेडियममा क्रिकेट म्याच भइरहेको समय शाहरुखको क्रिकेट एशोसियनशनका अधिकारिहरुसँग बहस भएको थियो । उनले सेक्युरिटी गार्डलाई गाली गरेको आरोप लागेको थियो । त्यसपछि उनलाई त्यस स्टेडियममा आउन निषेध गरिएको थियो । यसै घटनालाई लिएर अपराधिक मुद्धा दर्ता भएको थियो । यसका साथै उनीमाथी फिल्म ‘ओम शान्ति ओम’ मा वयोवृद्ध अभिनेता मनोज कुमारको छबि खराब बनाएको आरोपमा मुद्धा दर्ता भएको थियो ।

संजय दत्त
संजय दत्तलाई गैरकानुनी रुपमा हतियार राखेको घटनामा दोषी ठहराइएको थियो । अदालतले उनलाई ५ बर्षको जेल सजाए सुनाएको थियो । यो मुद्धामा उनले जेल सजाय काटेका छन् । उनलाई राम्रो व्यवहारको कारण समय भन्दा पहिले नै रिहाई गरिएको थियो ।

सेफ अलि खान
छोटे नवाबको नामले परिचित बलिउडका तारा सेफ अलि खान पनि कालो हरिणको शिकारको मुद्धाका आरोपी हुन् । यसका साथै उनलाई एक एनआरआई बिजनेस म्यानलाई पिटेको घटनालाई लिएर मुद्धा समेत लागेको थियो ।

गोविन्द
गोविन्दलाई २००७ मा फिल्म ‘मनी हे तो हनी हे’को सेटको समयमा एक व्यक्तिलाई थप्पड हानेका थिए । यस घटनामा उनी बिरुद्ध अपराधिक मुद्धा दर्ता भएको थियो । पछि उनले माफि मागेका थिए ।

फरदीन खान
बर्ष २००१ मा फरदीन खानलाई कोकिन खरिद गर्दा गर्दै पक्राउ गरिएको थियो । यस मुद्धामा उनी बिरुद्ध एनडीपीएसको धारा २७ अनुरुप मुद्धा दर्ता भएको थियो । यद्यपी पछि उनलाई अदालतबाट राहत मिलेको थियो ।

 

(विभिन्न अनलाईनबाट)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com