ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी हिरासतमै वायुसेवा निगमका कर्मचारीले गरे आत्महत्या


एबीसी न्यूज

काठमाडौं, ३० चैत्र । ३३ किलो सुन प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगममा कार्यरत कर्मचारी प्रेमराज चौधरीले आत्महत्या गरेका छन् । चौधरीले सिंहदरबार प्रहरी वृत्तमा आत्महत्या गरेका हुन् । प्रहरी स्रोतका अनुसार उनी शुक्रबार बिहानै ट्वाइलेटमा मृत अवस्थामा फेला परेका हुन् । उनलाई बिहीबार गृह मन्त्रालयको टोलीले सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो । उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनले आफैंले लगाएको ट्रयाक–सुटले घाँटी बेरर पासो लगाई आत्महत्या गरेको बताइएको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी मोहन थापाले घटनाको पुष्टि गरेका छन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो । गएको माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो । सुन गायब भएपछि तस्कर समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । प्रहरीले शाक्यको शव विराटनगरबाट बरामद गरेको थियो । सुन प्रकरणमा अहिलेसम्म आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्यसहित १९ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणमै प्रहरी संग्लनताको आशंका गर्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहितका उच्च प्रहरी अधिकारी पनि शंकाको घेरामा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com