काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली आज बाग्लुङको ढोरपाटन जानुभएको छ । प्रधानमन्त्री ओलीले ढोरपाटन राष्ट्रिय निकुन्जको अवलोकनपछि दिउँसो डोल्पाको दुनै, से–फोक्सुन्डो लगायतको हवाई निरीक्षण गर्नुहुनेछ । आजै प्रधानमन्त्री ओली कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकमा समेत उपस्थित हुनुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । त्यसपछि प्रधानमन्त्री ओली भोली शुरु हुने रारा पर्यटन बर्षको उद्घाटन गर्न मुगुको रारा पुग्ने कार्यक्रम छ । कर्णाली प्रदेशको आयोजनामा भोली रारा पर्यटन बर्ष शुरु हुँदैछ । त्यसको उद्घाटन अघि बिहान प्रधानमन्त्री ओलीले राराबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्