ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजना पक्राउ


एबीसी न्यूज

 

काठमाडौँ, २९ चैत।  महानगरीय अपराध महाशाखाले विभिन्न सरकारी तथा शैक्षिक संस्थाको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा विदेश जानका लागि खुमानसिंह थापाले दर्ता गरेको कागजात नक्कली भएपछि प्रहरीले गुल्मीका खुमानसिंह थापासहित, चितवनका अर्जुन अधिकारी र सल्यानका बलबहादुर राउतलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

खुमानसिंह थापाको नक्कली कागजात अर्जुन अधिकारीमार्फत बलबहादुर राउतले बनाउने गरेको अनुसन्धानमा खुलेपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको हो । उनीहरुले पुलिस रिपोर्ट प्रमाणीकरण गर्ने क्रममा एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको खबर पाएपछि महाशाखाको टोलीले समातेको हो ।

उनीहरुले एसएलसी क्यारेक्टर सर्टिफिकेट , बैंक स्टेटमेन्ट, मृत्यु दर्ता, विवाह दर्ता, प्रहरी रिपोर्ट, नाता प्रमाणितलगायतका कागजात नक्कली बनाउने गरेको प्रहरीले जनाएको छ ।

हालसम्म राउतले चार हजारप्रति नक्कली शैक्षिक प्रमाणपत्र, एक हजार ५०० थान बैंक स्टेटमेन्ट, ४०० थान सवारी चालक अनुमतिपत्र, १५० थान प्रहरी रिपोर्ट बनाएको अनुसन्धानमा खुल्न आएको छ ।

राउतले शैक्षिक प्रमाणपत्रलाई रु एक हजार ५०० देखि पाँच हजार, बैंक स्टेटमेन्टलाई रु एक हजार ५०० देखि दुई हजार ५०० सम्म, सवारी साधन अनुमतिपत्रलाई रु एक हजारदेखि दुई हजारसम्म, प्रहरी रिपोर्टलाई रु ५०० देखि एक हजारसम्म लिने गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।
पक्राउ परेकालाई मुलुकी ऐन किर्ते कागजको १२ नं बमोजिम कारवाही गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com