ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद छैन : नेता नेम्वाङ


एबीसी न्यूज

 झापा, २९चैत।  नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताउनुभएको छ ।

प्रेस चौतारी झापाले  बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सानातिना मतभेदलाई दुवै पार्टीका अध्यक्ष बसेर टुंग्याइने बताउनुभयो । “हिजोका जश अपजश आपसमा स्वीकारेर पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” नेम्वाङले भन्नुभयो – “वैशाख ९ भित्रै पार्टी एकता हुन्छ । यसमा अब कुनै सन्देह र दुविधा छैन ।”

चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दका विषयमा कुनै विवाद नरहेको स्पष्ट पार्दै नेता नेम्वाङले भन्नुभयो, “दुवै पार्टीका चुनाव चिह्न सम्पत्ति हुन् । सहमतिका आधारमा तिनको प्रयोग र व्यवस्थापन हुन्छ । हिजोका उपलब्धिलाई दुवै पार्टीले आत्मसात् गरेको विषय हो ।”

नेता नेम्वाङले भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर मुलुक समृद्धिको बाटोमा अघि बढ्ने समेत बताउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण चर्चामा मात्रै सीमित नरहेको र स्वयं भारतीय प्रधानमन्त्रीको सम्बोधनले धेरै कुरा प्रष्ट्याएको उहाँको भनाइ थियो । “विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो – “भारतले पनि यसमा आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com