ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कस कसको गरे विदाई ? (फोटो फिचर)


एबीसी न्यूज

काठमाडौँ, २८ चैत । तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त हुनु भएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाई हार्दिक बिदाई गर्नुभएको हो ।

 बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाई कार्यक्रमको आयोजना गरी आफुलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

नेपाल प्रहरीको उच्चपद सम्मको अबिराम यात्राका विभिन्न व्यावसायिक मोडहरूमा मार्गनिर्देश गर्ने समस्त सम्झन योग्य प्रहरी जनहरूप्रति आभार व्यक्त गर्दैै उहाँले आफुले गरेका सबै सत्कर्महरूमा वहाँहरूको योगदान तथा सत्प्रयासहरूको स्मरण गर्नुभयो ।
विभिन्न कालखण्डमा देश र जनताको सेवामा आफ्नो जीवन न्यौछावर गर्नुहुने सम्पूर्ण कर्मशील अमर तथा वीर प्रहरीहरूको शहादतको उच्च प्रशंसा गर्दै उहाँले सतहमा देखिने प्रहरी संगठनको आधारहरू निर्माणमा वहाँहरूको रगत र पसिनाको सिञ्चनको विशिष्ट महत्व रहेको स्मरण गर्नुभयो ।

संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठनिक क्रियाकलापहरु स्थापित प्रणाली बमोजिम संचालन गर्ने, सामुहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यलाई पारदर्शी बनाउने, सही मूल्याङ्कन पद्धतीको विकास गर्ने तथा कर्मचारीको बृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरुमा संगठनप्रति अपनत्व र एक आपसमा भाइचाराको भावना बढाउने कुरामा प्राथमिकतामा राखेर आफुले काम गरेको बताउनुभयो ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी महानिरीक्षक अर्याल लगायत सेवा निवृत्त हुन लाग्नुभएका अन्य वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पु¥याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको सिङ्गो परिवारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।


उहाँले प्रहरी महानिरीक्षक अर्यालसंगै सेवा प्रवेश गरी आफ्नो सम्पूर्ण ऊर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर आज हामीहरूबाट बिदाई हुनुहुने अग्रज प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउनुभयो ।

बिदाई भई जानुहुने प्रहरी महानिरीक्षक अर्यालले दिएका निर्देशनले आगामी दिनमा संगठन सृदृढीकरणको लागि थप हौसला प्रदान गरेको बताउदै नेपाल सरकार तथा समस्त नागरिकहरुले अपेक्षा राखेको प्रहरी सेवालाई थप सुधार उन्मुख बनाउदै प्राप्त स्रोत साधनको अधिकतम प्रयोग गरेर नेपाल प्रहरीको छवि उच्च बनाउदै लैजानेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।


सेवानिबृत्त हुनुहुने प्रहरी अतिरिक्त महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, बिजयकुमार भट्ट, हेमन्तबहादुर पाल, मधु पुडासैनी, माधव प्रसाद नेपाल, पंकज श्रेष्ठ तथा प्रहरी नायव महानिरीक्षकहरु गोविन्द प्रसाद निरौला, रोमेन्द्र सिंह देउजा, सुदिप आचार्य, गणेश के.सी., केदारमान सिंह भण्डारी, रमेश कुमार भट्टराई, भोगबहादुर थापा, पुस्कलराज रेग्मी र पुष्पचन्द्र रंजित रहनुभएको छ ।
बिदाई समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उहाँहरुलाई हार्दिक बिदाई गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com