ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा सुरक्षा जोखिम बढेको भन्दै विप्लवका ४ कार्यकर्ता पक्राउ


एबीसी न्यूज


चितवन, २८ चैत । चितवनमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरुले सुरक्षा जोखिम बढाएको सुरक्षा समितिले निकर्ष निकालेको छ ।
नारायणगढ बजारको मुख्य बजार शहीदचोकमा भरतपुर महानगरपालिकाका १० का वडाध्यक्ष अरुणपीडित भण्डारी र भरतपुर २ क्षेत्रपुरमा कालिका कन्सट्रक्सनमा बम बिस्फोटका घटना भएसँगै यहाँको जनजीवन त्रसित बनेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुरक्षा चुनौती बढेको निश्कर्ष निकाल्दै आपराधिक क्रियाकलापलाई निस्तेज बनाएर जाने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

मंगलबार भएका दुवै घटनामा नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपाको हात रहेको दावी प्रहरीको छ ।
जिल्लाका सबैजसो स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई राजीनामा दिन नेकपाले पत्र काटेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले नेकपाका कार्यकर्तालाई निगरानीमा राखेको बताएको छ । नेकपाको नाममा जिल्लामा विभिन्न आपराधिक क्रियाकलापहरु बढ्न थालेपछि सो पार्टीका नेता र कार्यकर्तालाई निगरानी राखेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबारका दुई घटनापछि चितवन प्रहरीले नेकपाको जनपरिचालन समिति सदस्य दिवस भुसाल सहित अन्य ४ जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमध्ये एक जना बम विस्फोटमा संलग्न भएको र अन्य ४ जना वडाध्यक्ष भण्डारीमाथि आक्रमणमा संलग्न रहेको प्रहरीको दावी  छ । जिल्लामा नेपाल प्रहरी ,शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई बिशेष सक्रिय बनाएर काम गरिरहेको थापाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com