ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कर्मचारीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने


एबीसी न्यूज
चैत्र २८, २०७४ बुधबार   ५ : २४   बजे

 

काठमाडौं,२८ चैत । सरकारी कर्मचारी र शिक्षकले अब आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने भएको छ ।

सरकारी विद्यालयको गुणस्तर उकास्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक पद धारण गरेका र शिक्षकलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने कार्ययोजना सार्वजनिक गर्नु भएको हो ।

‘एक बच्चाको भर्ना, मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने नाराका साथ सुरु हुने भर्ना अभियानमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्न शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबै व्यक्ति र सरोकारवालाई आह्वान गरिएको छ’ शिक्षामन्त्री पोखरेलले भन्नुभयो ।

बुधबार शिक्षा मन्त्रालयमा १० बुँदे कार्ययोजना सार्वजनिक गर्दै शिक्षामन्त्री पोखरेलले भर्ना अभियानका साथै सार्वजनिक शिक्षाको नीतिगत सुधार, संरचना, निजी विद्यालयको नियमन, प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार पनि गरिने बताउनु भएको छ ।

शिक्षामन्त्री पोखरेलले कार्ययोजनाको ४ नम्बर बुँदामा सबै शिक्षकले आवधिक शिक्षण तथा सिकाई सुधार योजना निर्माण गरी कार्यान्वयन गर्ने र प्रत्येक विद्यार्थीलाई सिकाई सुधार योजना निर्माण गर्न लगाई त्यसको नियमित अनुगमन शिक्षकले नै गर्ने पनि उल्लेख गर्नु भएको छ ।

यस्तै स्थानीय सरकारले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकसँग नतिजामूलक कार्यसम्पादन सम्झौता गरी त्यसैअनुरुप कार्यसञ्चालन गरी मूल्यांकन आधारमा नतिजामा आधारित प्रोत्साहन व्यवस्था गरिने पनि शिक्षामन्त्री पोखरेलको कार्ययोजनामा उल्लेख छ ।

यस्तै सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि जनशक्ति आपूर्ति गर्न विशेष स्वयमसेवा कार्यक्रम सञ्चालन गरिने पनि कार्यायोजनामा समेट्नु भएको छ । स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी शिक्षाको गुणस्तर बृद्धि गरिने मन्त्री पोखरेलको कार्ययोजनामा उल्लेख छ ।

यस्तै उहाँले अबको ६ महिनामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुनर्गठन गरी आयोगको सिफारिसमा संघीय व्यवस्था अनुकुल शिक्षा नीति निर्माण गरिने पनि बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group