ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कर्मचारीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने


एबीसी न्यूज

 

काठमाडौं,२८ चैत । सरकारी कर्मचारी र शिक्षकले अब आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने भएको छ ।

सरकारी विद्यालयको गुणस्तर उकास्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक पद धारण गरेका र शिक्षकलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने कार्ययोजना सार्वजनिक गर्नु भएको हो ।

‘एक बच्चाको भर्ना, मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने नाराका साथ सुरु हुने भर्ना अभियानमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्न शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबै व्यक्ति र सरोकारवालाई आह्वान गरिएको छ’ शिक्षामन्त्री पोखरेलले भन्नुभयो ।

बुधबार शिक्षा मन्त्रालयमा १० बुँदे कार्ययोजना सार्वजनिक गर्दै शिक्षामन्त्री पोखरेलले भर्ना अभियानका साथै सार्वजनिक शिक्षाको नीतिगत सुधार, संरचना, निजी विद्यालयको नियमन, प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार पनि गरिने बताउनु भएको छ ।

शिक्षामन्त्री पोखरेलले कार्ययोजनाको ४ नम्बर बुँदामा सबै शिक्षकले आवधिक शिक्षण तथा सिकाई सुधार योजना निर्माण गरी कार्यान्वयन गर्ने र प्रत्येक विद्यार्थीलाई सिकाई सुधार योजना निर्माण गर्न लगाई त्यसको नियमित अनुगमन शिक्षकले नै गर्ने पनि उल्लेख गर्नु भएको छ ।

यस्तै स्थानीय सरकारले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकसँग नतिजामूलक कार्यसम्पादन सम्झौता गरी त्यसैअनुरुप कार्यसञ्चालन गरी मूल्यांकन आधारमा नतिजामा आधारित प्रोत्साहन व्यवस्था गरिने पनि शिक्षामन्त्री पोखरेलको कार्ययोजनामा उल्लेख छ ।

यस्तै सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि जनशक्ति आपूर्ति गर्न विशेष स्वयमसेवा कार्यक्रम सञ्चालन गरिने पनि कार्यायोजनामा समेट्नु भएको छ । स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी शिक्षाको गुणस्तर बृद्धि गरिने मन्त्री पोखरेलको कार्ययोजनामा उल्लेख छ ।

यस्तै उहाँले अबको ६ महिनामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुनर्गठन गरी आयोगको सिफारिसमा संघीय व्यवस्था अनुकुल शिक्षा नीति निर्माण गरिने पनि बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com