ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलविद्युत आयोजना स्थलमै पुगेर प्रधानमन्त्री ओलीले के भने ?


एबीसी न्यूज

काठमाडौं , २८ चैत । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्थलगत निरीक्षणमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने बताएका छन् ।

यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको छ । तर हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् ।

उनले सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिँदै भने ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन यसबाट अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू ।’
उनले २०७६ को वैशाखसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले परामर्शदाता र निर्माण कम्पनीलाई भुक्तानी दिन आवश्यक पर्ने विदेशी मुद्राको सटही सहज बनाइदिने पनि बताएका छन् । ‘निर्माण कम्पनी र परामर्शदाता समयमै पैसा भुक्तान गर्नुुपर्छ, त्यसको लागि विदेशी मुद्रा सटहीको लागि म पहल गर्दिन्छु’ उनले भने । प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पनि निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताएका     छन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताएका छन् । उनले भने ‘एक महिना मात्रै पनि यो आयोजना छिटो निर्माण सम्पन्न गर्न सकियो भने अर्बौ रकम बचत हुन्छ ।’

माथिल्लो तामाकोशी हाइड्रोपावरका सिइओ विज्ञान श्रेष्ठले भने भारतीय कम्पनी टेक्सम्याकाले काम नगरेका कारण आयोजनाको काम समयमै निर्माण अघि बढ्न नसकेको बताएका छन् । श्रेष्ठले अहिलेसम्म आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com