ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा ‘सफाई अभियान’: ३ मन्त्री र ५ सचिवलाई बिदा गर्ने तयारीमा प्रधानमन्त्री बालेन


एबीसी न्यूज
जेष्ठ २२, २०८३ शुक्रबार   ५ : ४४   बजे

काठमाडौँ : सरकारको नेतृत्व सम्हालेपछि ‘एक्सन ओरियन्टेड’ छवि बनाएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यतिबेला सिंहदरबारमा ‘मेजर सर्जरी’ को तयारीमा जुटेका छन्। स्रोतका अनुसार, कार्यसम्पादनमा खरो उत्रिन नसकेका तीन मन्त्री र पाँच सचिवलाई जिम्मेवारीबाट हटाउने अन्तिम गृहकार्य भइरहेको छ।

बजेट अधिवेशन चलिरहेको सन्दर्भमा प्रधानमन्त्रीको यो कदमले मन्त्रिमण्डल र प्रशासनिक संयन्त्रमा ठूलै हलचल ल्याउने निश्चित छ।

‘काम नगर्नेलाई बिदा’

प्रधानमन्त्रीको सचिवालयका एक उच्च सदस्यका अनुसार, सरकारको ‘सय बुँदे कार्यसूची’ मा उल्लेखित लक्ष्यअनुसार काम गर्न नसक्ने मन्त्रीहरू अब क्याबिनेटमा टिक्ने छैनन्।

“तीन जना मन्त्रीको कार्यसम्पादन प्रधानमन्त्रीज्यूलाई चित्त बुझेको छैन। बजेट पारित भएपछि उहाँहरूलाई बिदा गर्ने मुडमा प्रधानमन्त्री हुनुहुन्छ,” ती सदस्यले भने। प्रधानमन्त्री सचिवालयले हालैका दिनमा केही मन्त्रीहरूका बारेमा गरेको आन्तरिक मूल्याङ्कन निकै कडा देखिएको छ।

को-को छन् निशानामा?

हाल बालेन क्याबिनेटमा रहेका १४ मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवको कार्यसम्पादन प्रतिवेदन ‘सन्तोषजनक नभएको’ स्रोतको दाबी छ।

यसअघि श्रममन्त्रीबाट दीपक साहलाई हटाउँदा भएको निर्णयमा सचिवालयले “केही हतार गरिएको” निष्कर्ष निकालेको छ, तर गृहमन्त्री सुधन गुरुङको हकमा भने परिस्थितिले नै बिदा लिने वातावरण बनाएको सचिवालयको बुझाइ छ। हाल रक्षा, गृह र विज्ञान प्रविधि गरी तीन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालिरहेका प्रधानमन्त्री शाहले अब नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा समेट्ने सम्भावना बलियो छ।

प्रशासनिक तहमा पनि हेरफेर

मन्त्रालयका मन्त्री मात्र होइन, प्रशासनिक नेतृत्व गर्ने सचिवहरू पनि प्रधानमन्त्रीको निगरानीमा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हाल १७ वटा मन्त्रालय र विभिन्न निकायका प्रमुखहरूको ‘माइलस्टोन’ अनुगमन गरिरहेको छ।

एक सहसचिवका अनुसार, ८ देखि १० सचिवको कार्यसम्पादनमा प्रश्न उठे पनि कम्तीमा पाँच जनालाई तत्काल फेरबदल गर्ने तयारी छ। “विगतमा जस्तो प्रतिवेदन मिडियाबाजीमा मात्र सीमित हुँदैन। सयमा २८ नम्बर ल्याउनेलाई पनि पदमा राखिराख्ने दिन अब गए,” ती सहसचिवले थपे।

बजेटपछि ‘एक्सन’

अहिलेको सरकारको ध्यान पूर्णतः बजेट पारित गर्नेतिर छ। स्रोतका अनुसार, बजेटले संसद्मा पूर्णता पाएलगत्तै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् र सचिव सरुवाको फाइल अघि बढाउनेछन्।

प्रधानमन्त्री शाहको यो ‘सफाई अभियान’ ले एकातर्फ कार्यक्षमता बढाउने अपेक्षा गरिएको छ भने अर्कोतर्फ सत्ता गठबन्धनभित्र मन्त्री फेरबदललाई लिएर नयाँ असन्तुष्टिहरू जन्मिने जोखिम पनि उत्तिकै छ। सिंहदरबारको गलियारामा अहिले चर्चा छ— “बालेनको यो ‘मेजर सर्जरी’ ले सरकारको गति बढाउला कि दलहरूको आक्रोश?”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कूटनीतिक ‘रिसेट’ र विकासको एजेन्डा: भारत भ्रमणबाट फर्किएपछि रवि लामिछाने (बुँदागत)

‘म केही भन्न चाहन्न’: प्रधानमन्त्री बन्ने चर्चाबीच भारतबाट फर्किएका रविको स्पष्टोक्ति !

सम्बन्धित

कूटनीतिक ‘रिसेट’ र विकासको एजेन्डा: भारत भ्रमणबाट फर्किएपछि रवि लामिछाने (बुँदागत)

‘म केही भन्न चाहन्न’: प्रधानमन्त्री बन्ने चर्चाबीच भारतबाट फर्किएका रविको स्पष्टोक्ति !

भारत भ्रमणबारे रविको मिडिया ब्रिफिङका : ‘विकास कूटनीति’देखि सीमा मुद्दासम्म

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल–भारत कूटनीतिमा उच्चस्तरीय आवतजावत तीव्र,रवि फर्किँदै, खनाल दिल्ली उड्दै

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group