ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहअघि आफैंसँग सोध्नै पर्ने महत्वपुर्ण कुराहरु


एबीसी न्यूज
चैत्र २७, २०७४ मंगलबार   ९ : ३४   बजे

२७ चैत । विवाह जीवनमा एक पटक मात्र हुन्छ । यस हिसाबले विवाहको निर्णय जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय हो । अरू कुराको निर्णय गर्दा हडबडी गरे पनि विवाहको निर्णय गर्दा वा जीवनसाथी रोज्दा कहिल्यै पनि हतार गर्नु हुँदैन र अर्काको कुरामै पूर्ण विश्वास गरेर अघि बढ्नु हुँदैन । कतिपयले परिवारको दबाबमा आएर, उमेर घर्कने डरमा परेर पनि विवाह गर्छन् तर उनीहरूलाई थाहै हुँदैन कि आफू केका लागि विवाह गर्दै छु रु के विवाहका लागि तयार छु रु जोसँग विवाह गरिँदै छ ऊसित आफ्नो विचार तथा जीवनशैली मिल्छ कि मिल्दैन रु

वास्तवमा मानिसहरू यी सबै कुरालाई सामान्य ठानेर बेवास्ता गर्छन् र यस्ता कुरामाथि विचार गर्नसमेत आवश्यक ठान्दैनन् । परिणामस्वरूप विवाहपछि कलह, विवाहेतर सम्बन्ध, दैनिक घम्साघम्सी अनि भनाभन अनि अन्त्यमा सम्बन्विच्छेद । जब कि यो कुरा कसैले पनि चाहेको हुँदैन ।

त्यसो भए के गर्ने त रु केही कुरा छन् जुन विवाहअघि आफूले आफैंसँग सोध्नु आवश्यक छ । ता कि विवाहपछिको जीवन सुमधुर होस् । के हुन् त ती कुरा रु

म के चाहन्छु रु प्रश्न गरौँ

विवाह गर्नुअघि हरेकले आफूसँग सोध्नुपर्ने कुरा हो( म के चाहन्छु रु विवाह गर्न बाँकी साथीहरूले यो कुरा अवश्य पनि सोधौँ । विवाह पक्कापक्की भइसकेको छ भने पनि पार्टनरसँग यस विषयमा कुरा गरौँ र उसले के चाहन्छ, उसको रुचि के छ भन्ने कुरा बुझौँ । के ऊसँग आफ्नो सोचविचार मिल्छ रु मिल्छ भने अघि बढौँ र मिल्दै नमिल्ने विचार छन् र भविष्यमा यो व्यक्तिसँग जीवन बिताउन सकिँदैनजस्तो लाग्यो भने अलिकति हिम्मत जुटाऔँ । सबै कुरा भइसकेर कुरा बिग्रनुभन्दा पहिल्यै राजीखुसी सम्बन्ध नगाँस्नु नै उत्तम हुन्छ । त्यसका लागि आफ्नो विचार भने प्रस्ट हुनु जरुरी छ । मनमा कुनै द्विविधा हुनु हुँदैन ।

(अरूको बहकाउमा आएर निर्णय गर्नु हुँदैन ।

(आफैंसँग सोधौं( म केका लागि विवाह गर्दै छु ।

(एकअर्काको विचार जान्नुबुझ्नु आवश्यक छ ।

सोचाइको दायरा फराकिलो बनाऔँ

कुनै सम्बन्धमा रहेको व्यक्तिलाई घरपरिवारले कहीँ अन्तै विवाह गरिदिन खोजो वा ऊमाथि दबाब सिर्जना गरे भने उसले हरेक मानिसमा कमी मात्र देख्छ । किनभने उसका लागि त्यही व्यक्ति मात्रै सम्पूर्ण रूपले सुन्दर लाग्छ जोसँग उसको प्रेम छ । यस्तो अवस्थामा मानिसहरू आफ्नो सोचाइको दायरा साँघुरो पार्छन् र कुनै नयाँ उम्मेदवारसँग भेट्दा आफ्नो सोचअनुसार उसलाई हेर्छन् अर्थात् उक्त व्यक्तिलाई राम्रोसँग ध्यान नै दिँदैनन् । जब कि कसैसँग भेट्दा उसको कुरा राम्रोसँग सुन्नु तथा आनिबानी विचार गर्नु बुद्धिमानी हुन्छ । उसको बारेमा कुनै पूर्वधारणा बनाउनुअघि उसलाई राम्रोसँग नियाल्नुपर्छ । उसलाई कुराकानी गर्ने पर्याप्त समय दिनुपर्छ पहिल्यै कुनै धारणा बनाउनु हुँदैन ।

आफ्नो मनको कुरा सुनौँ

विवाह गर्ने पक्का भइसकेपछि जीवनसाथी रोज्ने क्रममा दुनियाँको कुरा नसुनी केवल आफ्नो मनको कुरा सुन्नुपर्छ । जोसँग विवाह गरिन्छ ऊसँग जीवन आफूले बिताउने हो दुनियाँले होइन । कतिपय अवस्थामा मानिसले अरूको करकापका कारण आफ्नो मन मारेर फैसला गर्छ अनि पछि पछुताउनुको विकल्प रहँदैन । पछि अरूलाई दोष त दिन सकिएला तर दुःख बेहोर्न त आफैंले पर्छ । त्यसकारण यत्तिको मान्छेसँग मेरो जीवन राम्रोसँग बित्छ भन्ने कुरा आफ्नो मनले ठहर नगरेसम्म विवाहका लागि अघि बढ्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group