ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिस्केट जात्रा सुरक्षाका लागि १३ सय सुरक्षाकर्मी परिचालन


एबीसी न्यूज
चैत्र २७, २०७४ मंगलबार  ८ : ०९ बजे


भक्तपुर, २७ चैत । परम्परागतरुप भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजजमंगलबारबाट सुरु हुँदैछ ।

उक्त जात्रामा हुने हुलदगां तथा अराजक क्रियाकलाप रोक्न १३ सय जना नेपाल प्रहरी परिचालन गरिएको छ । जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार जात्रा हुने ३४ स्थानमा सिसी टिभी क्यामरा समेत जडान गरि निगरानीको व्यवस्था मिलाइएको छ । जात्रा अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरणमा रोकसमेत लगाइएको छ ।

तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा शुरु हुन्छ । यो जात्रा आगामी बैशाख ५ गते गहिटी पुर्‍याएर सम्पन्न हुन्छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले झगडा गर्ने एवं ढुंगा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गर्ने बताए ।

बिस्केट जात्राको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच हरेक वर्ष ढुंगा हानाहान हुने र झडप हुने गर्दछ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आग्रहसहित सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सदभाव र्‍याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com