ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट– विगत र वर्तमानः सुवर्णले ५ करोड २५ लाखको पहिलो बजेट ल्याएका थिए


एबीसी न्यूज
जेष्ठ १५, २०८३ शुक्रबार   १ : ०६   बजे

काठमाडौं १५ जेष्ठ । सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रश्तुत गर्दैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रश्तुत गर्दै हुनुहुन्छ । झन्डै दुई तिहाइको सरकारले आज बजेट ल्याउँदै गर्दा नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक भने २००८ सालदेखि हुन थालेको हो । मातृकाप्रसाद कोईराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो । सुवर्णले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रश्तुत गरेका थिए । पहिलो बजेटमा राजश्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । सडक सञ्जालको विस्तार, हवाई अड्डा, कृषकलाई सहायतालगायत कार्यक्रम राखिएको थियो । कृषि योजनाको ५ करोड रुपैयाँको बजेटमा कृषि योजनाका लागि २ लाख रुपैयाँ छुट्याइएको थियो ।
जनतालाई शिक्षित बनाउन र सहज रूपमा पठनपाठन गराउने अभियान उक्त सरकारले अघि बढाएको थियो । शिक्षाका लागि ५ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । साना उद्योगलाई प्रवद्र्धन गर्न उक्त सरकाले महत्वपूर्ण कदम चालेको थियो । 
घरेलु इलमको नाममा मात्र ३ प्रतिशत अर्थात २ लाख रुपैयाँ विनियोजन गरिएको थियो । स्वास्थ्य सेवा विस्तारका लागि समेत उक्त सरकारले प्राथमकिता दिएको थियो, जसका लागि ३ लाख रुपैयाँ विनियोजन भएको थियो । ‘देशमा स्थिरता कायम भएकाले उन्नति र समृद्धिको मार्गमा प्रति दिन लम्किँदै जानेछौँ भन्ने कुरामा मलाई रत्तिभर शंका छैन’, २००८ सालको बजेटमा भनिएको थियो ।
पछिल्ला वर्षहरुमा बजेटहरुको आकार हेर्दा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रश्तुत गरेको थियो । पछिल्लो एक दशकको बजेटको आकार हेर्दा सरकारी खर्चको दायरा निरन्तर विस्तार हुँदै गएको देखिन्छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा १० खर्ब ४१ अर्ब रुपैयाँ रहेको वार्षिक बजेट त्यसपछि क्रमशः बढ्दै २०७४/७५ मा १२ खर्ब ७८ अर्ब र २०७५/७६ मा १३ खर्ब १५ अर्ब पुगेको थियो । २०७६/७७ मा बजेटको आकार १५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको थियो ।
कोभिड–१९ महामारीको प्रभावका कारण २०७७/७८ मा बजेट घटेर १४ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित भए पनि त्यसपछिका वर्षमा पुनः वृद्धि भएको देखिन्छ । २०७८/७९ मा १६ खर्ब ३२ अर्ब र २०७९/८० मा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा बजेटको आकार केही घटेर १७ खर्ब ५१ अर्ब रुपैयाँमा झरेको थियो । त्यसपछि २०८१/८२ मा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ खर्ब ४ अर्ब रुपैयाँ बढी हो । २०७३/७४ को तुलनामा हालको बजेटको आकार चालु आ.व.मै ९ खर्ब २३ अर्ब रुपैयाँले बढी थियो ।

पछिल्ला वर्षहरूमा बजेटको आकार विस्तार भएपनि पुँजीगत खर्चको न्युन कार्यान्वयन, राजश्व संकलनमा दबाब र बढ्दो सार्वजनिक ऋणका कारण बजेटको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । आर्थिक गतिविधि विस्तार, पूर्वाधार निर्माण तथा सामाजिक क्षेत्रको लगानी बढाउने लक्ष्यसहित सरकारले बजेटको आकार निरन्तर बढाउँदै आएको छ । यद्यपी सरकारलाई स्रोतको चप भने चर्को पर्दै आएको छ । 
चुनावअघि रास्वपाले सार्वजनिक गरेको ‘वाचापत्र’लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा निकै ठूलो हुने बजेट निर्माणमा सहभागी स्रोतहरूले बताएका छन् ।
अर्थमन्त्री वाग्लेले केही महत्वपूर्ण र महत्वाकांक्षी कार्यक्रमहरू थप गर्दै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको उनीहरूको भनाइ छ । चालू आर्थिक वर्ष २०८२/८३ मा सरकारको आय–व्ययको अवस्था हेर्दा पनि वित्तीय दबाब स्पष्ट देखिन्छ ।
चालू आर्थिक वर्षको १० महीनामा सरकारले ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ खर्च गर्दा राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट जम्मा १० खर्ब १२ अर्ब रुपैयाँमात्रै संकलन गरेको छ । सरकारको खातामा करीब डेढ खर्ब रुपैयाँ बराबरको घाटा देखिएको छ । तर पनि नयाँ सरकारप्रति बढेको जनआकांक्षालाई हेरेर सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । राजश्व लक्ष्यअनुसार नउठेको सन्दर्भमा स्रोतको खाडल पूर्ति गर्न सरकारले आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान परिचालन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

सम्बन्धित

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर जनतालाई, सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब

शिक्षामा २ खर्ब १८ अर्ब, पूर्वाधारमा ठूलो लगानी, कर सुधार र प्रविधिमा जोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group