ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले बैठकमा तीव्र बहस : चार उपाध्यक्षसहित अष्टलक्ष्मी शाक्यले पनि मागिन् ओलीको राजीनामा


एबीसी न्यूज
जेष्ठ ९, २०८३ शनिबार  १२ : ३१ बजे

काठमाडौँ, । नेकपा (एमाले) को सचिवालय बैठक दोस्रो दिन पनि अत्यन्त तनावपूर्ण बनेको छ । शुक्रबार चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि शनिबार अष्टलक्ष्मी शाक्यले पनि खुला रूपमा राजीनामा माग्दै नेतृत्व हस्तान्तरणको पक्षमा बोलेकी छन् । बैठकमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको मागलाई लिएर चर्काचर्की बढ्दो छ ।

उपाध्यक्षहरूको कडा प्रस्ताव

शुक्रबारको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले सबैभन्दा कडा धारणा राखेका थिए । उनले विगतका कमजोरी औँल्याउँदै भने, “२३ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएको भए आजको यो स्थिति आउँदैन थियो ।”

पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाएर गरिएको निर्णयलाई ठूलो गल्ती बताए । उनले अब उही व्यवस्था पुनः कायम गर्दै पार्टी पुनर्गठनमा जानुपर्ने प्रस्ताव राखे ।

उपाध्यक्ष गोकर्ण विष्टले अझ कठोर प्रस्ताव राखे । उनले भने, “पर्यो भने मेरो पद त्याग्न तयार छु । हामी सबैले पद त्याग्न तयार हुनुपर्छ ।” विष्टले पार्टी जोगाउन सबै तहका नेताहरूले त्यागको भावना बोक्नुपर्ने र ‘दक्षिणपन्थी अवसरवाद’ विरुद्ध निर्मम समीक्षा गर्नुपर्ने बताए ।

उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले पनि नेतृत्व परिवर्तन आवश्यक रहेकोमा जोड दिएका थिए ।

अष्टलक्ष्मी शाक्यको आक्रामक टिप्पणी

शनिबारको बैठकमा पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीलाई प्रत्यक्ष लक्षित गर्दै कडा आलोचना गरेकी छन् । उनले भनिन्, “शास रहुन्जेल अध्यक्ष भइरहने सोच गलत छ । तपाईंले तीन कार्यकाल नेतृत्व गरिसक्नुभयो । अब कार्यकर्ताको भावना बुझ्नुहोस् ।”

शाक्यले थपिन्, “एमाले तपाईंको व्यक्तिगत पेवा होइन, न त गुटको कम्पनी हो । दम्भ, घमन्ड र गुटगत सोच त्याग्नुहोस् । युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुहोस् ।”

ओलीको अडान र बादलको बचाउ

अध्यक्ष ओलीले राजीनामा दिन अस्वीकार गर्दै कडा अडान कायम राखेका छन् । उनले पुनर्गठनको माग गर्ने नेताहरूमाथि कारबाही गर्ने संकेतसमेत गरेको स्रोतले बताएको छ ।

उपाध्यक्ष रामबहादुर थापा बादल भने ओलीको पक्षमा उभिएका एकमात्र उपाध्यक्ष हुन् । उनले पार्टीको स्थिरता र एकताका लागि ओलीको नेतृत्व आवश्यक रहेको तर्क अघि सारेका थिए ।

बैठकको वर्तमान स्थिति

आजको बैठक अध्यक्ष ओलीको गुण्डुस्थित निवासमा जारी छ । महासचिव शंकर पोखरेल, उपमहासचिवहरू र सचिवहरूले धारणा राख्ने क्रममा छन् । १९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा बादल र महेश बस्नेत मात्र देखिएका छन् । बहुमत पदाधिकारी ओलीको विकल्प खोज्ने पक्षमा उन्मुख रहेको आकलन गरिएको छ ।

एमाले हाल निर्वाचनपछिको कमजोर अवस्थाबाट गुज्रिरहेको छ । पार्टीभित्र युवा तथा मध्यम पुस्ताले पुस्तान्तरणको माग गर्दै आएका थिए । २३ भदौको घटनालगायत विभिन्न निर्णयलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यदि यो दबाब बढ्दै गएमा पार्टीमा ठूलो फुट वा गुटबन्दी निम्तिन सक्ने खतरा छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको दाबी गरे पनि सचिवालयमा उनी दबाबमा परेका स्पष्ट देखिन्छ ।

बैठकले पार्टीको भविष्य निर्धारण गर्ने ठूलो अर्थ राख्ने भएको छ । थप विवरण आउन बाँकी छ ।

एमालेको भविष्य दाउमा: १५ पदाधिकारीको दबाबमा केपी ओलीको राजनीतिक ‘कन्फ्युजन’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

एमाले बैठकमा तीव्र बहस : चार उपाध्यक्षसहित अष्टलक्ष्मी शाक्यले पनि मागिन् ओलीको राजीनामा

सम्बन्धित

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

रास्वपा बाराको बैठकमा विवाद, लखेटिए सांसद

एमाले नेतृत्व सुधार आवश्यक, नीति–रणनीतिमा परिवर्तन बिना आन्दोलन अघि बढ्दैनः निर्मल भट्टराई (भिडियोसहित)

एमालेको भविष्य दाउमा: १५ पदाधिकारीको दबाबमा केपी ओलीको राजनीतिक ‘कन्फ्युजन’

चीनको कोइला खानीमा विस्फोट: ८० भन्दा बढीको मृत्यु

होर्मुज: इन्डो-प्यासिफिकका लागि एक चेतावनी :फरेन अफेयर्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com