ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध सामान बोक्दै भारतीय गाडीहरु


abc

धादिङ, २६ चैत । चेक जाँचका क्रममा भारतीय गाडीमा अवैध सामानहरु भेटिन थालेपछि नेपाल प्रहरीले भारतीय गाडीमा निगरानी बढाएको छ ।

राजमार्गको बाटोबाट अवैध रुपमा सामान ओसार पसार हुने भएकोले चेकजाँच र रातिको गस्तिलाई बढाएको प्रहरीले जानकारी दिएको छ । दुई दिन अघि प्रहरीले राजमार्गमा गरेको चेकजाँचका क्रममा भारतीय गाडीबाट ठूलो मात्रामा अवैध सामाग्री बरामद गरेपछि प्रहरीले भारतीय गाडीमाथि निगरानी बढाएको बताएको हो ।

गएको शुक्रबार काठमाडौबाट भारततर्फ जाँदै गरेका दुई वटा गाडीबाट डेढ करोड बराबरका अवैध विद्युतीय सामग्री, विदेशी चुरोट र १ सय ६७ किलो चरेस धादिङ प्रहरीले बरामद गरेको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा प्रहरीले मझिमटारबाट एचआर ५५ एन १९१० नम्बररको भारतीय कन्टेनरबाट विद्युतीय सामान र चुरोट बरामद गरेको हो । कन्टेनरबाट एक करोड ५० लाख बराबरको मार्लबोरो १७ हजार प्याकेट, पेन्टम ४ ब्राण्डको ३ थान ड्रोन क्यामरा र ब्याट्री, १६ सय थान घडी, चाइनिज मोबाइलहरु बरामद गरी गाडीलाई समेत प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान सुरु गरेको छ ।

गजुरी–१ गलौंदीस्थित पेट्रोल पम्प नजिकै काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको एचआर ५५ एक्स २५४९ नम्बरको कन्टेनरबाट ७ वटा प्लास्टिकका बोरामा लुकाएको अवस्थामा एक सय ६६ किलो ६ सय ग्राम चरेस समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

स्थानीय तह निर्वाचन गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : प्रवक्ता महत

२२ सयमा झर्‍यो सेयर बजार

९ वटा उपमहानगरको मतगणना सकियो, जनकपुरधाम र तुलसीपुर बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...