काठमाडौं, २९ वैशाख। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपा वैचारिक विचारधारामा आधारित दल नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड भएको बताए।
उनले भने, ‘प्रतिनिधि सभा तथा सङ्घीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो।’रास्वपाको सफलता देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापि नभएको जिकिर गरे।उनले थपे, ‘यो सफलता त दशकौँ देखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो।’रास्वपाको राजनीतिक लक्ष्य आगामी स्थानीय, प्रदेश तथा राष्ट्रिय सभामा रास्वपाको एकल नेतृत्व स्थापित गर्नु भएको बताए। उनले भने, ‘यो लक्ष्य हासिल गरे पश्चात् नै रास्वपाको कथित निलो क्रान्तिले पूर्णता प्राप्त गर्न सक्दछ।’







प्रतिक्रिया दिनुहोस्