काठमाडौं, २८ वैशाख । सरकारले उद्यमी र मध्यम वर्गका परिवारमाथिको करको बोझ घटाउने उद्घोष गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव ०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गका परिवारमाथिको बोझ घटाइनेछ,’ संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले भने।त्यस्तै, स्वैच्छिक कर अनुपालन, शीघ्र कर विवाद समाधान प्रणालीमार्फत राजस्व प्रणालीलाई उद्यममैत्री बनाउनेसमेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदूषण, पूर्वाधार र अन्य छरिएका करलाई एकीकृत गरी हरित करका रूपमा विकास गर्नेसमेत सरकारी नीति छ।







प्रतिक्रिया दिनुहोस्