ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिनपछि दुई दर्जन कार्यालयको साइनबोर्ड हटाइँदैे


एबीसी न्यूज

काठमाडौं, २६ चैत्र । दुई दर्जन जिल्लाका सरकारी कार्यालय अवको तीन दिन अथवा यसै हप्ताको बिहीबारदेखि खारेज हुँदै छन्। खारेज हुने भएपछि बिहीबारदेखि नै ती कार्यालयमा राखिएका साइनबोर्ड हटाइने भएको छ।

संघीय तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खारेज हुन लागेका जिल्लाका सरकारी कार्यालय चैत २८ गतेसम्म रहने र चैत २९ बाट खारेज हुने बताए। उनले भने, ‘चैत २९ देखि खारेज हुन लागेका जिल्लाका सरकारी कार्यालयमा साइनबोर्ड हटाइने छ ।र त्यहाँको सबै चलअचल सम्पत्ति स्थानीय तहमा हस्तान्तरण हुनेछ।’ जिल्लाका विषयगत कार्यालयको चलअचल सम्पत्ति स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरू भएको पनि उनले बताए। उनले भने, ‘सम्पत्ति हस्तान्रणन गर्ने प्रक्रिया सुरू भइसकेको छ । अहिले हामीले अन्तरिम व्यवस्थापन गर्दैछौँ।’

सम्पत्ती स्थानीय तहमा हस्तान्तरण गर्न ७७ वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ। सो समितिमा सम्पत्ति हस्तान्तरण गर्नुपर्ने विषयगत कार्यालयका कार्यालय प्रमुख,कोष तथा लेखा नियन्त्रककार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रशासन र जिल्ला समन्वय अधिकारी सदस्य रहेका छन्। संघीय तथा समान्य प्रशासन मन्त्रालयका प्रवक्ता रूद्रसिहं तामाङले मन्त्रिपरिषद्बाट निर्णय भएसँगै सबै जिल्लामा ४ सदस्यीय समिति गठन भएको बताए। सरकारलेसम्पत्ति हस्तान्तरणसम्बन्धि स्थानीय तह सेवा प्रवाहसम्बन्धि व्यवस्था २०७४ पारित गरेको छ।

 खारेज नहुने कार्यालय 
जिल्लामा रहने जिल्ला शिक्षा कार्यालय भने तत्काल खारेज नहुने भएको छ। आागामि असारसम्मका लागि जिल्ला शिक्षा कार्यालय खारेज नगर्ने निर्णय सरकारले गरेको छ। चैतमा एसइई परीक्षा हुने भएकाले परीक्षा नसकिएसम्म जिल्ला शिक्षा कार्यालय खारेज नगर्ने निर्णय सरकारले गरेको मन्त्री पण्डितले जानकारी गराए। असारपछि जिल्ला शिक्षा कार्यालय पनि खारेज हुने उनले जानकारी गराए। सरकारले ल्याएकोस्थानीय तह सेवा प्रवाहसम्बन्धि व्यवस्था २०७४ मा भने जिल्ला शिक्षा कार्यालय पनि खारेज हुने भनिएको छ।

जिल्लाका सरकारी कार्यालय अधिकांश जिल्लाका सदरमुकामा रहेका छन्। त्यसैले सदरमुकाममा रहेका नगरपालिकाले खारेजी हुने कार्यालयको चलअचल सम्पत्ति लिने छन्। खारेज भएका कार्यालयको सम्पत्ति स्वामित्व लिएका गाँउपालिका या नगरपालिकाले आफूलाई आवश्यकभन्दा बढी सम्पत्ति भएमा अन्य गाँउपालिका या नगरपालिकालाई हस्तान्तरण गर्न सकिने स्थानीय तह सेवा प्रवाहसम्बन्धि व्यवस्था २०७४ मा उल्लेख छ।

खारेज भएका सरकारी कार्यालयका सबै कर्मचारी अब स्थानीय तह मातहतमा आउनेछन्। सरकारले यसअघि नै स्थानीय तहमा करिब ५७ हजार कर्मचारी पठाउनेनिर्णय गरेको छ। हाल करिब २० हजार कर्मचारी मात्र स्थानीय तहमा कार्यरत छन्।

खारेज नहुने कार्यालय
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,जिल्ला समन्वय समिति ९जिल्ला विकास समितिको ठाउँमा०र जिल्ला अदालत खारेज नहुने भएका छन्। जिल्ला मालपोत कार्यालय र जिल्ला नापी कार्यालय तत्काल खारेज नहुने मन्त्रालयले जनाएको छ।

तर बिहीबारदेखि नै जिल्ला स्वास्थ्य कार्यालय,जिल्ला वन, सिँचाइ, जिल्ला खानेपानी, जिल्ला हुलाक, जिल्ला कृषि विकास,जिल्ला पशु सेवा, जिल्ला जल उत्पन्न तथा प्रकोप व्यवस्थापन, जिल्ला सहकारी कार्यालय,जिल्ला प्राविधिक कार्यालय,जिल्ला भेटनरीलगायतका कार्यालय खारेज हुनेछन्। यसैगरी जिल्ला भूमिसुधार,जिल्ला खाद्य प्रविधि तथा गुण नियन्त्रण,महिला तथा बालविकास,घरेलु तथा साना उद्योग,जिल्ला मत्स्य विकास,जिल्ला बाली विकास कार्यालय पनि खारेजीमा पर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com