ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध


एबीसी न्यूज
बैशाख ४, २०८३ शुक्रबार  ४ : ३८ बजे

काठमाडौं, ४ वैशाख ।अधिकांश संसदीय समितिका सभापति सर्वसम्मत निर्वाचित भए । दुई वटा संसदीय समितिको सभापतिमा भने एक भनदा बढी उम्मेदवारी परेकोले निर्वाचन प्रक्रियाद्धारा सभापति चयन गरिएको छ ।यसक्रममा पत्रकारहरूलाई प्रवेश निषेध गरिएको हो ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको सुरुमा पत्रकारहरूलाई फोटो लिन दिइएको थियो । त्यसपछि पत्रकारलाई समिति सभाकक्षमा बस्न दिइएन ।

पत्रकारहरूलाई निकालेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बाँकी कार्य अगाडि बढे ।राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचन भए । बिहीबार भएको मनोनयन दर्तामा उनको मात्रै उम्मेदवारी परेको थियो ।यसबाहेक कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भए ।

संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाकै रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्नीमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भए ।

यसबाहेक सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भए । रास्वपाको समर्थन पाएका खड्काले पाएपछि यो समिति सभापतिमा एकल उम्मेदवारी परेको थियो ।बाँकी दुई वटा समिति सभापतिका लागि भने एकमम भन्दा बढी उम्मेदवारी परेको थियो ।राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दिएका हुन् ।

रास्वपाको स्पष्ट बहुमत भएकाले कार्की निर्वाचित भए । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको थियो । यो समिति सभापतिमा रास्वपाकी ओजश्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेको थियो । यसमा पनि रास्वपाको स्पष्ट बहुमत भएकाले रास्वपाकी शेरचन निर्वाचित भइन् ।यसअघि आजै संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा सभामुख डोलप्रसाद अर्यालले संसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काँग्रेस आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकियो, निर्णय आजै आउने सम्भावना

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

सम्बन्धित

प्रधानमन्त्रीको ‘गोप्य फोन लाइन’ : मन्त्रीका लागि छुट्टै सेट र सिम, बढ्यो चासो र शंका

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

“मेरो बाबु भए पनि छाड्दिनँ” – गृहमन्त्री गुरुङको कडा चेतावनी, अदालतप्रति असन्तुष्टि

सुशासनको नारामाथि प्रश्न : बालेन सरकारमै दोहोरियो रासस पत्रकारलाई सहयोगी बनाउने अभ्यास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com