ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराको सभागृहचोकमा महिलाको हत्या


एबीसी न्यूज
चैत्र २६, २०८२ बिहीबार   ७ : ३४   बजे

लेखनाथ, चैत २६ गते । पोखरा महानगरपालिका वडा नम्बर ८, सभागृहचोकमा बुधबार साँझ एक महिलाको हत्या भएको छ । साँझ ७ः०८ बजे एक युवकले ती महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने गल्लीको दायाँतर्फ सडकपेटीमा उभिइरहनुभएको पोखरा–५, मालेपाटन बस्ने ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि हतियार प्रहार भएको थियो । महिलामाथि एक्कासि हतियार प्रहार गरी युवक मोटरसाइकल चढी भागेको स्थानीयले बताएका छन् ।

केसीलाई तत्काल उद्धार गरी गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनामा संलग्नको खोजी भइरहेको बताए । पर्यटन राजधानी पोखराको मुख्य बजार क्षेत्रमै दिनदहाडै भएको घटनाले सर्वसाधारण त्रसित भएका छन् । महानगर प्रमुख धनराज आचार्यले घटनाबाट आफू मर्माहत र स्तब्ध भएको जनाउँदै अपराधीलाई यथाशीघ्र कानुनी दायरा ल्याउन र सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group