ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोबाईलले जोडेको घरबार ५ वर्ष पनि टिकेन


admin
चैत्र २५, २०७४ आईतबार  ३ : २५ बजे

रोल्पा, २५ चैत ।  “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् ।

विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहो-याएर सहपाठीले दिनभर करीब ७ पटक जति फोन गरिरहँदा उनी रिसाएजस्तो गरेपनि जवानीले उनलाई कुत्कुत्याउन थाल्यो । उनले पनि झन् मख्ख पर्दै फोनमै सवालजवाफ गर्न थालिन् । सहपाठी उनकै आफन्त थिए । उमेरले आफूभन्दा करीब एक वर्ष जेठो ।

किशोरी जिल्लाकै एक सरकारी विद्यालयमा कक्षा ९ र किशोर कक्षा १० मा अध्ययनरत थिए । सुन्दा कुनै चलचित्रको कथा जस्तो लागे पनि यो काल्पनिक कथा होइन । जिल्लाकै एक जोडीको वास्तविक प्रेम कथा हो । करीब एक घण्टाको दूरीमा उनीहरुको बासस्थान थियो भने नाताले पनि उनीहरु आफन्त नै पर्थे । यसकारण उनीहरुको भेटघाट तथा चिनजान सहज रुपमा अगाडि बढेको थियो ।

भोलिपल्ट प्रार्थनाका समयमा विद्यालयमा दुबैजनाको भेट भयो । सहपाठी रिसाउँछिन् कि भन्ने चिन्ताले ती किशोरलाई अलि नरमाइलो लागिरहेको थियो तर, किशोरीले मौन स्वीकृति जनाउन थालेपछि किशोरलाई नजिकबाटै खुलेर बोल्न सहज भयो । उनले खाजा खाने समयमा किशोरीसँग भेटेर उही बाक्य दोहो-याए – “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” ।

किशोरीका अनुसार यसअघि पनि उनीहरुका बीच सामान्य कुराकानी तथा भेटघाट भइरहन्थ्यो । एकले अर्कालाई मन पराउन पनि थालिसकेका थिए । तर प्रेम प्रस्ताव राख्ने हिम्मत भने दुबैले गरेका थिएनन् । यो जोडीलाई मोबाइलले साइनो गाँस्न सहज बनाइदियो ।

यसपछिका दिनमा दुबैबीच फोनबाट घण्टौं कुराकानी हुन थाल्यो । प्रेम चलेको करीब तीन महिना नपुग्दै यो जोडीले आजभन्दा ५ वर्ष पहिले प्रेम विवाह ग-यो । विवाह पूर्वका दिनभन्दा विवाह पछिका दिनहरु केही निरसिला बन्न थाले । दुबैका वीच मनमुटाव हुन थाल्यो । स–साना कुरामा पनि घण्टौं बहस चल्न थालेपछि सम्बन्धले जटिल मोड लिँदै गएको किशोरीको भनाइ छ ।

“प्रेम र विवाह शायद फरक कुरा रै’छन्,” किशोरीले भनिन् । प्रेम चल्दाका बखत आफूलाई हेरेर बाँच्न सक्छु भन्नेले विवाह पछिका दिनमा फरक ब्यवहार गर्न थाले । विवाह गरिसकेपछि विद्यालय जाने वातावरण पनि बिग्रियो । घरको कामकाजमा बाधा पुग्ने भन्दै परिवारले विद्यालय जान रोक लगाएका कारण उनी विद्यालय जान सकेनन् ।

विवाह पछि आर्थिक भार थपिँदै गएका कारण गरिबी र बेरोजगारीले गला थिच्न थाल्यो र दिनहँु घरझगडा हुन थाल्यो । फलतः विवाह गरेको करीब १ वर्ष नपुग्दै गर्भमा नासो छाडेर श्रीमान् विदेशिए ।

“मैले यता दुःखसुख गरेर काखको नानी दुईवर्ष बनाएपछि उनी घर फर्किए तर उनले मेरो वास्ता गर्न छोडे,” उनले भनिन् । उनको मोबाइल अर्र्कै प्रेमिकाका लागि बज्न थालेको छ भन्ने सुनेकी उनले त्यस पुरुषसँग बाँच्न नसक्ने निधो गरेर जिल्ला अदालत रोल्पामा करीब एकवर्ष पहिले मैले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । अदालतबाट सम्बन्ध विच्छेद भयो । जुनीजुनी सँगै बाँच्छु सँगै मर्छु भन्नेले एकै जुनी पनि साथ दिन सकेनन् । “त्यसैले अहिले उनी र म आ–आफ्नो बाटोमा छौं,” उनले भनिन् – “पढ्ने उमेरमा बुद्धि बिग्रिएपछि न पढाइ बन्यो न घरबार ।”

अदालतले उनीसँग जोडेको घरबार भत्काएर आफूलाई न्याय गरेको उनको भनाइ छ । “केटा मान्छेको जात स्वार्थी हुँदोरहेछ, जता राम्रो देख्यो उतै ढल्किँदा रहेछन् त्यसैले अब दोस्रो बिहे नगर्ने निधो गरेकी छु,” उनले भनिन् । उनका अनुसार उनका श्रीमान् ले भने अहिले दोस्रो बिहे गरिसकेका छन् । जिल्ला अदालत रोल्पाका अनुसार पछिल्ला दिनमा मोबाइलका कारण कतिका नयाँ घरबार बनेका छन् भने कतिका घरबार बिग्रिएका छन् । सम्बन्ध जोड्न मोबाइल वा सामाजिक सञ्जाल सहज साधन हुन् नै सुखी जीवनका लागि पनि यिनको उपयोग भइदिए उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com