ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न, स्वागत गर्छौँ’ : भारत


एबीसी न्यूज
फाल्गुन २१, २०८२ बिहीबार  ९ : २७ बजे

काठमाडौं । भारतले नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको उल्लेख गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेको छ। साथै, उसले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको सन्देश पनि दिएको छ।

नेपालमा सम्पन्न निर्वाचनबारे सञ्चारमाध्यमले सोधेका प्रश्नहरूको जवाफ दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

‘लोकतान्त्रिक जनादेशको प्रयोग’

विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “आज नेपालका नागरिकहरूले आफ्नो लोकतान्त्रिक जनादेशको प्रयोग गर्दै उत्साहजनक सहभागितासहित निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा हामी स्वागत गर्दछौं।”

गत वर्षको असाधारण राजनीतिक परिस्थितिको पृष्ठभूमिमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै भारतले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा सम्बन्धित सरोकारवालालाई बधाई दिएको छ।

सहयोग र आगामी सहकार्य

भारतले नेपालमा शान्ति, प्रगति र स्थिरताप्रति निरन्तर समर्थन रहेको दोहोर्‍याएको छ। निर्वाचनका लागि पूर्वप्रतिबद्धताअनुसार आवश्यक सवारीसाधन तथा सामग्री उपलब्ध गराइएको पनि वक्तव्यमा उल्लेख छ।

“हामी पारस्परिक हितका लागि हाम्रो दुई देश र जनताबीचका सुदृढ तथा बहुआयामिक सम्बन्धलाई अझ अघि बढाउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं,” भारतीय पक्षले जनाएको छ।

नेपालको निर्वाचनप्रति छिमेकी राष्ट्रको औपचारिक प्रतिक्रिया आएसँगै अब नयाँ सरकार गठन र द्विपक्षीय सम्बन्धको आगामी दिशाबारे कूटनीतिक चासो बढ्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा जग्गाको रैकर प्रथा कसरी शुरु हुँदै आयो?

नेपालमा जग्गाको निजी स्वामित्वको कसरी शुरु भयो ?

सम्बन्धित

अञ्जन श्रेष्ठको हातमा महासंघको बागडोर: ‘स्वत: अध्यक्ष’ बन्ने विधानको अन्तिम अध्याय

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

अमेरिकी डलर १५२ रुपैयाँ माथि, महँगीमा थप दबाब, अर्थतन्त्रमा मिश्रित असर

अध्यादेश र समसामयिक मुद्दामा संसद् तातिने संकेत

कल्याणकारी योजनाले मात्र चुनाव जितिँदैन — यो त एउटा आधार मात्र हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com