काठमाडौँ, १७ फागुन । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको सिफारिसमा सरकारले भरे राति १२ बजेदेखी सीमानाका बन्द गर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । निर्वाचन सुरक्षा निर्देशिकामा मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । मतदान सकिएपछि मात्रै नाका खुल्ला हुनेछन् ।








प्रतिक्रिया दिनुहोस्